सोल – दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले बुधवार कोरोना विरुद्धको खोप यत्पादन गरिरहेको कम्पनि एसके बायो साइन्स को भ्रमण गरेका छन् । कम्पनिले अमेरिकी कोरोना भ्याक्सिन नोभ्याक्सको अनुमतिमा कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको छ ।
उत्तरी ग्योङसाङ प्रान्तको अडोङ मा रहेको उक्त कम्पनीले २ करोड डोज कोरोना विरुद्धको खोप उत्पादन गर्ने छ । दक्षिण कोरियाले आफूलाई आवश्यक खोप बाहिरबाटै ब्यवस्थापन गरेको भएता पनि उक्त खोपको समेत प्रयोग गरिने श्रोतले बताएको छ ।
कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रका अनुसार एसके बायोटेक कम्पनीले दक्षिण कोरियालाई आवश्यक मात्रामा खोपको व्यवस्थापनमा समेत सहयोग गर्ने छ । हाल कम्पनीले अमेरिकी कम्पनी नोभ्याक्सबाट लाइसेन्स लिने तयारी समेत थालेको छ ।
यो भ्याक्सीन अन्य भन्दा बढी प्रभावकारी मानिएको छ । अन्य भ्याक्सिनले ६ महिनाबाट एक बर्ष सम्म काम गरेता पनि यसले भने एक बाट ३ बर्ष सम्म काम गर्ने कम्पनिको दावी छ ।
हाल दक्षिण कोरिया सरकारले भने फाइजर तथा आष्टाजेनेका खोपलाई भित्राउन प्रकृयालाई अन्तिम चरणमा पुर्याएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस