सोल – दक्षिण कोरियामा पहिलो पटक एक बिरालोमा कोरोना भाइरस संक्रमण फेला परेको छ । यो दक्षिण कोरियामा जनावरमा कोरोना संक्रमण भएको पहिलो घटना समेत हो ।
प्रेस ब्रिफिङका क्रममा प्रधान मन्त्री चुङ साई क्युनले मानव बाहेक पहिलो पटक अन्य जीवमा कोरोना भाइरस देखिएको भन्दै सचेत रहन भनेका छन् । उक्त घटना दक्षिण पूर्वी ग्योङसाङ प्रान्तको जिञ्जु स्थित एक धार्मिक समुदाय बसोबास गर्ने क्षेत्रको बिरालोमा पाइएको समेत समाचारमा बताइएको छ ।
कन्ट्याक ट्रेसिङ गर्दै कोरोना परिक्षण गर्ने क्रममा उक्त बिरालो पाल्ने परिवारका तीन जनामा संक्रमण पाइए लगत्तै घरमा रहेको उक्त बिरालोको समेत परिक्षण गरिएको थियो ।
प्रधानमन्त्री चुङले हालसम्म विश्वभर नै जनावरबाट मानिसमा कोरोना भाइरस सरेको कुनै प्रमाण नपाइएको बताएका छन्। उनले बिरालोमा कसरि संक्रमण भयो र उक्त संक्रमण बारे थप अनुसन्धान तथा अध्ययन गरिनु अनिवार्य रहेको बताएका छन् । उनले उक्त बिरालो पाइएको क्षेत्रका अन्य २९ जनामा समेत भाइरस संक्रमण पाइएको बताएका छन् ।
जापान, हङकङ तथा ब्राजिलमा मानिसबाट जनावरमा यो भाइरस सरेको पुष्टी भएता पनि कोरियामा भने यो पहिलो घटना भएको समेत प्रधानमन्त्री चुङले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस