सोल – दक्षिण कोरियाका मौसमबिधहरुले आगामी साता ठूलो हावाहुरी सहितको आँधी आउने बताएका छन् । तीब्र आँधी आउने भएका कारण उच्च सतर्कता अपनाउन उनीहरुले सरकार तथा नागरिकहरुलाई अपिल समेत गरेका छन् ।
करिव ९० किलोमिटर प्रति घण्टाको गतिमा २० मिटरको उचाई सहित उक्त आँधी आउने बताउदै मौसम विभागले सबैलाई सतर्क रहन भनेको हो । देशको केन्द्रिय दैविक प्रकोप तथा उद्दार विभागले आफ्ना कर्मचारीहरुलाई पहिलो श्रेणीको उद्दार व्यवस्थापन गर्ने गरि तयारी गर्न समेत भनेको छ ।
बिहिबार र शुक्रबार उक्त हावा हुरी तथा आँधी दक्षिण कोरिया आइपुग्ने मौसम बिभागले बताएको छ । विभागका अनुसार उक्त आँधीसँगै हिमपात हुने भएका कारण अत्याधिक सतर्कता अपनाउन भनिएको हो ।
उक्त आँधीका कारण विशेष रुपमा सामुद्रीक तटहरुमा प्रभाव पर्ने भएका कारण ति क्षेत्रहरुमा कडा निगरानी गरिने अधिकारीहरुले बताएका छन् । आँधीका कारण डुङ्गा दुर्घटनाको सम्भावना उच्च रहेका कारण तिनको उचित व्यवस्थापन गर्न उनीहरुले सम्बन्धित अधिकारीहरुलाई भनेका छन् ।
आन्तरिक सुरक्षा मन्त्री ज्योन हाइ च्योलले हिऊँ पन्छाउने उपकरण सहित उद्दार गर्न आवश्यक सम्पुर्ण उपकरण तथा साधनहरुलाई तयारी हालतमा राख्न निर्देशन दिएका छन् । उनले पर्याप्त सावधानी अपनाउन नागरिकहरुलाई अनुरोध समेत गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस