सोल – दक्षिण कोरियाली सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि उत्तर कोरियालाई खोप उपलब्ध गराउने बताएको छ । दुई देश बीचको सम्बन्धलाई राम्रो बनाउने पहल स्वरुप उत्तरलाई खोप उपलब्ध गराइन लागिएको हो ।
सन् २०१९ को फेब्रुअरीमा हानोईमा भएको अमेरिकी तथा उत्तर कोरियाली नेतृत्वको शिखर बैठक पश्चात हाल सम्म उत्तर कोरियालाई निशश्त्रीकरण गर्न कुनै पहल हुन सकेका छैनन् । उत्तर कोरियासँगको सम्बन्ध बिस्तार गर्न मुन प्रशाशनले समेत अनेकौँ प्रयास गर्दै आएको छ । सोही प्रयासको निरन्तरता स्वरुप दक्षिण कोरियाले खोप उपलब्ध गराउने योजना अघि सारेको हो ।
भ्याक्सीन पठाउने योजना दक्षिण कोरियाको भएता पनि उत्तर कोरियासँग उक्त बिषयमा कुनै पनि कुराकानी नभएको दक्षिण कोरियाली प्रधानमन्त्री चुङ साई क्युनले बचाएका छन् । उनले उत्तर कोरिया जस्तै खोप पाउन समस्या भएका अन्य देशहरुलाई समेत खोप उपलब्ध गराइने बताएका छन् ।
उत्तर कोरियाले हाल खोप प्रदायक संस्था गाभीसँग खोप उपलब्ध गराउन निवेदन दिएको छ तर खोप पाउने नपाउने यकिन भइसकेको छैन । यता दक्षिण कोरियाले भने सम्बन्ध सुधारका लागि खोप उपलब्ध गराउने तयारीमा जुटेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस