सोल – कोरोना भाइरस तथा मानिसहरुमा मधिरापानको शैलीमा आएको परिवर्तनका कारण अन्य देशहरुबाट हुने गरेको ह्वीस्की आयात सन् २०२० मा निकै घटेको छ । हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार ह्वीस्कीको आयात विगत २१ बर्ष यताकै न्युन रहेको छ ।
गत बर्ष दक्षिण कोरियामा १३१.५ मिलियन अमेरिकी डलर बराबरको ह्वीस्की आयात गरिएको थियो जुन अघिल्लो बर्षको तुलनामा १३ प्रतिशत भन्दा बढीले कम हो । तथ्याङ्क अनुसार यस अघिको सर्वाधिक न्युन आयात सन् १९९९ मा भएको थियो । उक्त बर्ष जम्मा ११५.९ मिलियन अमेरिकी डलर बराबरको मात्र ह्वीस्की आयात गरिएको थियो ।
गत बर्ष कोरोना भाइरसका कारण लगाइएको सामाजिक दुरी नियमका कारण स्थानीय बारहरुमा मानिसहरुको चहलपहल कम भएका कारण विक्रीमा कमी आएको आँकलन गरिएको छ । त्यसै गरि सरकारले सन् २०१६ बाट लागु गरेको हप्तामा ५२ घण्टा काम गर्नुपर्ने नियमका कारण समेत उक्त असर परेको हुनसक्ने आँकलन गरिएको छ ।
पछिल्ला समयमा स्थानीय ह्वीस्कीहरुको प्रयोग बढेको, कोरोना भाइरसका कारण मानिसहरुको आयस्तर घटेको स्वास्थ्प प्रतिको सचेतना बढेको लगायतका अन्य कारणहरुले समेत ह्वीस्कीको आयात कम भएको उक्त अध्ययनको निश्कर्ष रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस