सोल – कोरोना भाइरसको संक्रमण फैलिएसँगै दक्षिण कोरिया सरकारले सामाजिक दुरी नियमलाई कडाई गरिरहेको छ । यता यौन ब्यवसायमा लागेकाहरु भने उक्त समयमा समेत आफ्नो ब्यापारलाई जारी राख्न अनलाइन विज्ञापनको साहायता लिन थालेका छन् । हालसम्म लक्षिण कोरियामा ४०००० भन्दा बढी त्यस प्रकृतिका विज्ञापन लाइएको सरकारी श्रोतले बताएको छ ।
राजधानी सोलको नागरिक निगारानी समुहले दिएको जानकारी अनुसार राजधानी क्षेत्रमा मात्र ६७,००० बढी हानिकारक विज्ञापन तथा मालवेयरहरु पाइएको र जसमध्ये ४२००० बढीले बेश्यालय बाहिरै यौन ब्यवसाय सञ्चालनका लागि विज्ञापन गरेको पाइएको छ । वेश्यालयमा भाइरस सर्ने खतराका कारण उनीहरुले नयाँ तरिका अपनाएको अधिकारीहरुले बताएका छन् । त्यस प्रकृतिका विज्ञापन सन् २०१९ मा करिव १९००० को हाराहारीमा मात्र पाइने गरेको पनि अधिकारीहरुले बताएका छन् ।
त्यसका अलावा उक्त समुहले ५८८२ बढी यौन जन्य सामाग्री उत्पादन तथा बिक्रि गराउने वेवसाइटहरु फेला पारेको छ । कतिपयले यौन ब्यवसायको जानकारी दिने, मुल्य तथा स्थान निर्धारण गर्ने लगायतका काम गर्ने गरेको अधिकारीहरुले बताएका छन् ।
सरकारले देशमा हुने गैर कानुनी यौन ब्यवसायलाई निरुत्साहित गर्न उक्त समुहको निर्माण गरेको हो । उक्त समुहले त्यस प्रकृतिका घटनाहरुको विस्तृत अध्ययन गर्दै आवश्यक परेमा मुद्दा समेत दायर गर्दछ । गत बर्ष मात्र ६२००० बढी त्यस किसिमका घटनामा छानविनका लागि प्रक्रियामा लगिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस