सोल – दक्षिण कोरियाको औषधी तथा खाद्य सुरक्षा मन्त्रालयले स्वदेशी खोप निर्माता कम्पनी सेल्ट्रीयनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोप CT-P59 लाई आकस्मिक प्रयोजनका लागि अनुमति दिएको छ । एण्टिबडी निर्माण गर्ने उक्त खोप दक्षिण कोरियाको पहिलो स्वदेशी कोरोना भाइरस विरुद्धको खोप समेत बनेको छ ।
कम्पनिका अनुसार उक्त खोपको प्रयोग जटिल प्रकृतिका विरामीहरुका लागि गरिने छ । ६० बर्ष माथिका बृद्ध, मुटु रोगी, उच्च रक्तचापका बिरामी, मधुमेय लगायतका बिरामीहरुलाई अवस्थाको मुल्याङ्कन गरेर उक्त खोप प्रदान गरिने मन्त्रालयले बताएको छ ।
दोश्रो चरणको परिक्षण सफल गरिसकेको उक्त खोपको तेश्रो चरणको परिक्षण बृहत रुपमा विश्वका १० बढी देशहरुमा गरिने समेत कम्पनीले जनाएको छ । दोश्रो चरणको परिक्षणका क्रममा उक्त खोपले संक्रमणको गति नियन्त्रण गर्दै स्वस्थ हुने दर उच्च बनाएको बताएको छ ।
यता दक्षिण कोरिया सरकारले भने आफ्ना नागरिकका लागि लगाउन भनेर बेलायती खोप निर्माता कम्पनी एष्ट्राजेनेकासँग खोप खरिद सम्झौता गरिसकेको छ । उसले उक्त कम्पनीका अलावा कोभ्याक्स तथा नोभाभ्याक्स बाट समेत खोप लिने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस