सोल – दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ह्युण्डायी र कियाले एप्पल कार बनाउने बारे कुनै कुरा नभएको बताएको छ । सोमबार ह्युण्डायीले सार्वजनिक रुपमा आइफोन निर्मातासँग यस परियोजनाबारे छलफल नभएको बताएको हो। केही समययता चर्चामा आइरहेको एप्पल कार यी दुई चर्चित अटोमोबाइल कम्पनीले उत्पादन गर्ने हल्ला चलेको थियो।
ह्युण्डायीका अनुसार एप्पल कार निर्माण गर्ने हल्ला फैलिएपछि असंख्य कम्पनीहरुले उनीहरुलाई स्वचालित विद्युतीय कार विकास गर्न अनुरोध गर्न थाले । तर, कम्पनी आफैं सुरुको चरणमा रहेको हुनाले त्यस्तो गाडी बनाउने कुनै निर्णय नभएको जवाफ दिइरहेका छन्।
किया कम्पनीले पनि ह्युण्डायीको सो भनाइलाई समर्थन गरेको छ।
गत जनवरीमा ह्युण्डायी र कियाले एप्पल कारका बारेमा एप्पलसँग कुरा भइरहेको जनाएको थियो। त्यो बेला एप्पलले कुनै जवाफ दिएको थिएन। अहिले भने ह्युण्डायी र कियाको आफ्नो भनाइबाट पछि परेका छन्।
एप्पल कार उत्पादन गर्न एप्पलले केबल ह्युण्डायी र कियालाई मात्र लक्षित गरेको थिएन। एप्पलले अन्य छ वटा जापानीज अटोमोबाइल कम्पनीसँग पनि एप्पल कारबारे छलफल गरेको अधिकारीहरुको भनाइ छ।
यता सन् २०२४ सम्म ह्युण्डायीले कियासँगको सहकार्यमा अमेरिकामा आफ्नो कारखाना सञ्चालन गर्ने अनुमान गरिएको छ। जहाँ कम्पनीले १ लाख वटा गाडी उत्पादन गर्ने विश्वास छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस