सोल – उत्तर कोरियाले आफ्नो आणविक मिसाइल कार्यक्रमलाई अगाडी बढाउन ह्याकरहरुको प्रयोग गरि ठूलो मात्रामा अन्तराष्ट्रिय मुद्रा चोरी गरेको पाइएको छ । संयुक्त राष्ट्रसंघको विशेष रिपोर्ट अनुसार उत्तर कोरियाले अन्तराष्ट्रिय क्रिप्टो करेन्सी मार्फत करिव ३०० मिलियन बढी रकम चोरी गरेको पाइएको हो ।
उत्तर कोरियाले सन् २०२० मा आफ्नो मिसाइल बिकास परियोजनाका लागि ३१४ मिलियन डलर बराबरको क्रिप्टो करेन्सी चोरी गरेको उक्त रिपोर्टमा भनिएको छ । उत्तर कोरियाले उक्त कामका लागि सैयौँको संख्यामा ह्याकरहरु परिचालन गरेको समाचारमा बताइएको छ । उनीहरुले अमेरिका, दक्षिण कोरिया लगायतका देशहरुबाट ह्याक गरि नगद उत्तर कोरिया भित्राउने गरेका छन् ।
हाल उत्तर कोरिया अन्तराष्ट्रिय नाकाबन्दीको सामना गरिरहेको र जसका कारण उसको आर्थिक स्थिति टाठ पल्टिएको अवस्थामा उसले यस किसिमको नयाँ अश्त्र प्रयोग गरेको समाचारमा बताइएको छ । उनीहरुले हाल बिटक्वाइन जस्ता क्रिप्टो करेन्सीहरुमाथि हमला गर्दै आर्थिक श्रोत जुटाउने गरेको समाचारमा बताइएको छ ।
उत्तर कोरियाले सन् २०१७ मा विश्वका १५० बढी देशहरुका करिव ३,००,००० बढी कम्प्युटरहरुमा साइबर हमला मार्फत क्षति पुर्याएको समेत उक्त रिपोर्टमा भनिएको छ । यता प्योङयाङले भने साइबर हमलासँग आफ्नो कुनै संलग्नता नरहेको दावी गर्दै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस