सोल – उत्तर कोरियाली ह्याकरहरुको एक समुहले दक्षिण कोरिया स्थित फाइजर कम्पनिको खोप उत्पादनसँग सम्बन्धित कम्प्युटर ह्याकको प्रयास गरेको शुरक्षा अधिकारीहरुले बताएका छन् । कम्प्युटर ह्याक गरेर उनीहरुले खोपसँग सम्बन्धित महत्वपूर्ण सुचनाहरु चोरी गर्न खोजेको कानुन निर्माताहरुले बताएका छन् ।
दक्षिण कोरियाली संसदमा राष्ट्रिय सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार हाल दक्षिण कोरियामा हुने गरेका साइबर हमला विगतका बर्षहरुमा भन्दा ३२ प्रतिशतले बढेका छन् । गत बर्ष मात्र साइबर हमलाका करिव १५ लाख ८० हजार बढी घटना भएको एक सांसदले बताएका छन् । ति घटनाहरुमा दक्षिण कोरियालाई कुनै पनि क्षति नभएको र अधिकांश विफल भएको समेत उनले जानकारी दिएका छन् ।
उनले खोप उत्पादक कम्पनी फाइजर माथि समेत साइबर हमला भएको बताएका छन् । उनका अनुसार उत्तर कोरियाले दक्षिण कोरियामा ह्याक प्रयासका अलावा हानिकारक भिडियो सामाग्री पठाउने, हत्या तथा हिंसासँग सम्बन्धित विविध हानिकारक भिडियो सामाग्रीहरु समेत स्पाम गर्ने गरेको बताएका छन् ।
यता दक्षिण कोरियाली विशेष सुरक्षा अधिकारीहरुका अनुसार उत्तर कोरियाली शाशक किम जोङ उनले आफ्नो नाम अघिको शिर्शक नेता बाट परिवर्तन गरेर राष्ट्रपति बनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस