सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी श्रीमति एक बर्ष भन्दा लामो समयको अन्तराल पश्चात सार्वजनिक कार्यक्रममा देखिएकी छन् । किमका पिता किम जोङ इलको जन्म जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा उनी किमसँगै देखा परेको उत्तर कोरियाली सञ्चार माध्यम रोडोङ सिनमुनले बताएको छ ।
गत बर्षको जनावरी यता कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी नभएकी उनीलाई लिएर थुपै्र शंकाहरु गरिएका थएि । कोरोना भाइरस संक्रमणका कारण उनी सार्वजनिक कार्यक्रममा सहभागी नभएको दक्षिण कोरियाली विज्ञहरुले बताएता पनि उत्तर कोरियाले भने उनकी श्रीमतिको लामो समयको निजी जीबनबारे केही बताएको छैन ।
उता किमको पदवी सर्वोच्च नेताबाट राष्ट्रपति बनाइएको समेत दक्षिण कोरियाली जासुसहरुले बताएका छन् । जनतालाई मानवताको आभास दिलाउन उनले आफ्नो शिर्षक परिवर्तन गराएको समेत उनीहरुले दावी गरेका छन् ।
त्यस्तै उत्तर कोरियाले दक्षिण कोरियाली पप संगितलाई प्रश्रय दिने, तथा उक्त संगितलाई उत्तर कोरिया भित्राउने तथा विक्रि गर्नेलाई मृत्यु दण्ड दिने सम्मको कानुन बनाएको छ । साथै उत्तर कोरियाले त्यस प्रकारका भिडियो हेरेको पाइएमा पाँच देखी १५ बर्ष सम्मको कैद सजाय हुने समेत बताएको छ ।
दक्षिण कोरियाली पुस्तक, चीत्र तथा अन्य सामाग्रीहरुको हकमा समेत सोही कानुन लागु हुने उत्तर कोरियाले जनाएको छ । यदी कसैले दक्षिण कोरियाली शैलीमा गित गुनगुनाएको मात्र पाइएमा पनि दुई बर्ष जेल सजाय हुने कानुनमा उल्लेख गरिएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस