सोल – कोरोना भाइरस संक्रमणका कारण भिसा म्याद सकिएता पनि दक्षिण कोरियामा नै बसोबास गर्ने नागरिकहरुको संख्या हाल सम्मकै उच्च रहेको तथ्याङ्कले देखाएको छ । देशको न्याय मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कले उक्त कुरा बताएको हो ।
मन्त्रालयका अनुसार सन् २०२० मा भिसा म्याद सकिएर कागजी प्रकृया पुरा नगरि दक्षिण कोरिया बसोबास गर्नेहरुको संख्या ३,९२,१९६ पुगेको छ । उक्त संख्या सन् २०१९ मा ३,९२,०८१ रहेको थियो । मन्त्रालयले सन् २०१६ बाट कागजी प्रकृया पुरा नगरि बस्ने आप्रबासीहरुको संख्या निरन्तर बढीरहेको समेत बताएको छ ।
मन्त्रालयका अनुसार ३,९२,१९६ मध्ये ७० प्रतिशत छोटो अवधि (९० दिन) का लागि दक्षिण कोरिया भ्रमणमा आएका छन् भने बाँकी भने लामो समय सम्म बस्नका लागि आएकाहरु छन् । कोरियाली आप्रबासी सेवाले भिसा म्याद सकिएर पनि दक्षिण कोरिया बसोबास गर्ने मानिसहरुको संख्या निरन्तर बढीरहेको समेत बताएको छ ।
हाल त्यस प्रकारका आप्रबासीहरुको संख्या सरकारको नियनत्रण बाहिर गइसकेको बताउदै त्यस्ता आप्रवासिहरुले सरकारलाई निति परिवर्तन गर्न भनेका छन् । विश्वका विभिन्न देशहरुमा हालसम्म पनि यात्रा प्रतिबन्ध कायमै रहेका कारण हालको परिस्थिति सृजना भएको उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस