सोल – आर्थिक सहकार्य र बिकास नामक अन्तराष्ट्रिय संस्थाले हालै गरेको एक सर्वेक्षण अनुसार दक्षिण कोरियाली नागरिकहरुको औसत आयु सन् २०४० सम्ममा ८५.५ बर्ष पुग्ने छ । उक्त संस्थाका ३७ वटा सदस्य राष्ट्रहरुमा गरिएको नवजात शिशुहरुको औषत आयु सम्बन्धि सर्वेक्षणका क्रममा दक्षिण कोरिया उत्कृष्ठ १० मा परेको समेत संस्थाको प्रतिवेदनमा उल्लेख छ ।
पेरिसमा मुख्य कार्यालय रहेको उक्त संस्नाले गरेको अध्ययन अनुसार यदि मृत्युदर परिवर्तन नभएमा हाल जन्मिएका शिशुहरुको औसत आयु ८२.७ बर्ष पुग्ने समेत बताएको छ ।
यता दक्षिण कोरियाले भने सन् १९७०-८० को तुलनामा औषत आयु केही बढेता पनि छिमेकी मुलुक जापान तथा अन्य विकसित मुलुकमा जस्तो ब्यापक रुपमा भने नबढेको बताएको छ ।
हाल उक्त सुचीको पहिलो नम्बरमा औसत आयु ८४.२ बर्ष सहित जापान रहेको छ । दोश्रो नम्बरमा ८३.९ सहित स्विजरल्याण्ड रहेको छ भने तेश्रोमा स्पेन रहेको छ । चौथो स्थानमा इटाली, पाँचौमा आइस्ल्याण्ड, छैटौँमा इजरायल, सातौँमा फ्रान्स, आठौँमा अष्ट्रेलीया तथा नवौँ स्थानमा नर्वे रहेका छन् ।
उक्त अध्ययनले सन् २०४० सम्ममा दक्षिण कोरिया औषत आयु ८५.५ बर्ष सहित सुचीको सातौँ स्थानमा उक्लिने समेत प्रक्षेप्पण गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस