सोल – दक्षिण कोरियाले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम यसै साताको अन्त्यबाट सुरु गर्ने भएको छ । अस्पतालका कर्मचारी तथा अन्य अग्र पङ्तिमा खटिइएका कर्मचारीहरुलाई प्राथमिकतामा राखेर उक्त खोप कार्यक्रम सुरु गरिने छ ।
बेलायती कम्पनी एष्ट्राजेनेकाको उक्त खोप करिव ३,६७,००० जनालाई यसै साताको शुक्रबार लगाइने छ । उक्त खोप ६५ बर्ष माथिकालाई भने प्रयोग नगरिने भएको छ । त्यसको भोलीपल्ट फाइजर कम्पनीको खोप ५०,८०० जनालाई लगाइने सरकारी अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरिया सरकारले आफ्ना करिव ७० प्रतिशत नागरिक अर्थात करिव ५ करोड २० लाखलाई कोरोना भाइरस विरुद्धको खोप आगामी सेप्टेम्बर सम्ममा सकाइसक्ने बताएको छ । यता विज्ञहरुले भने खोपको प्रभावकारिता फरक रहेको तथा हर्ड इम्युनिटि पावर सबैमा बनिनसक्ने बताउदै ८२ प्रतिशतलाई खोप लगाउनु पर्ने बताएका छन् ।
स्वास्थ्य अधिकारीहरुका अनुसार १ करोड मानिसमा उक्त खोप लगाउदा करिव ६० देखि ७० प्रतिशत मानिसहरुमा मात्र हर्ड इम्युनिटि बन्ने बताउदै उक्त विषयमा सबैले ध्यान दिनु पर्ने बताएका छन् । विज्ञहरुले नागरिकको भ्याक्सीन प्रतिको विश्वासलाई समेत सरकारले मुल्याङ्कन गर्नु पर्ने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस