सोल – दक्षिण कोरियाको प्रजनन दर अर्थात औसतमा एक आमाले बच्चा जन्माउने दर एकदमै न्युन रहेको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागका अनुसार औसतमा एक दक्षिण कोरियाली आमाले आफ्नो जीवन भरमा जम्मा ०.८४ बच्चा जन्माउदछन् ।
उक्त दरसँगै दक्षिण कोरिया विश्वका १९८ देशहरु मध्ये सबैभन्दा कम प्रजनन दर भएको देश रहेको समेत विभागले जनाएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघ जनसंख्या कोषले समेत १ भन्दा कम प्रजनन दर भएको विश्वकै एक मात्र देश दक्षिण कोरिया रहेको बताएको छ ।
कोरोना संक्रमण यता दक्षिण कोरियाको प्रजनन दरमा अझ गिरावट आएको विभागले बताएको छ । विभागका अनुसार पछिल्लो चौमासिकमा दक्षिण कोरियाको प्रजनन दर ०.७५ मा झरेको छ । यदि यहि गतिमा प्रजनन दर घटेमा आगामी ३० बर्षमा दक्षिण कोरियाको जनसंख्या आधा हुने विभागले जनाएको छ ।
विभागका अनुसार गत बर्ष देशभरमा जम्मा २,१३,५१३ जोडी विवाह बन्धनमा बाँधिएका छन् । उक्त संख्या अघिल्लो बर्षको भन्दा २५६४६ ले अर्थात १०.७ प्रतिशतले कम हो । यसले समेत प्रजनन दरमा असर गर्ने विभागको तर्क छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस