सोल – दक्षिण कोरियामा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । राष्ट्रिय खोप अभियानका रुपमा सुरु गरिएको उक्त कार्यक्रमको पहिलाृ दिन झण्डै १८५०० जनाले खोप लगाएको अधिकारीहरुले बताएका छन् ।
केन्द्रिय दैविक प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार खोप कार्यक्रमको पहिलो दिन १८४४९ जनाले खोप लगाएका छन् । उनीहरुले अष्ट्राजेनेका कम्पनीको खोपको दुई चरणहरु मध्येको पहिलो चरणको खोप लगाएका हुन् ।
शुक्रबारको खोप कार्यक्रममा स्वास्थ्य क्षेत्रका कर्मचारी, नर्सिङ होमका कर्मचारी तथा नर्सिङ होमका बिरामीहरुलाई सहभागी गराइएको थियो । स्वास्थ्य अधिकारीहरुका अनुसार शुक्रबार खोप लगाइएकाहरुमा कुनै किसिमको नकारात्मक असर देखा परेको छैन ।
स्वास्थ्य अधिकारीहरुका अनुसार फाइजर कम्पनीको खोप समेत आजबाट देशब्यापी रुपमा सुरु गरिदै छ । हालसम्म ५८५०० डोज फाइजर खोप दक्षिण कोरिया आइपुगेको बताउदै थप ५ लाख डोज खोप समेत मार्च महिनाको तेश्रो सातासम्ममा दक्षिण कोरिया आइसक्ने जानकारी उनले दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस