सोल-हाल अमेरिकामा बस्दै आएका एक १२ बर्षिय बालक दक्षिण कोरियाको इन्छन अन्तराष्ट्रिय विमानस्थललाई आतङ्ककारी धम्की दिएको कसुरमा अपराधि ठहरिएका छन् ।
उनले आगामी हप्ता उक्त विमानस्थलमा आक्रामण गर्ने ब्यहोराको भिडियो युट्युवमा राखेका थिए ।
मार्च १ तारिखका दिन पर्ने स्वतन्त्रता आन्दोलन दिवसका दिन दिनको ११ बजे उक्त विमानस्थलमा आक्रामण गर्ने ब्यहोरा सहितको भिडियो उनले युट्युवमा राखेको विमानस्थल प्रहरीले बताएको छ । ति बालक दक्षिण कोरियामा जन्मेर हाल अमेरिकामा बसोबास गर्दछन् ।
उक्त घटना पश्चात युट्युबले ति बालकको च्यानललाई बन्द गरिदिएको छ भने उनीमाथि अनुसन्धान सुरु गरिएको समेत विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि उड्ययन सुरक्षा नियमको उल्लङ्घन सम्बन्धि कानुनबाट कारवाही अगाडी बढाइने प्रहरीले जनाएको छ ।
उक्त भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले विमानस्थल वरपरको सुरक्षा ब्यवस्थालाई कडा बनाएको छ । हमलाको कुनै सम्भावना नभएता पनि सुरक्षा सावधानी अपनाइएको प्रहरी श्रोतले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस