सोल — विभिन्न प्राविधिक समस्याहरु आए पश्चात दक्षिण कोरियामा विभिन्न कम्पनीका करिव ४,८०,००० थान गाडीहरु फिर्ता गरिने भएका छन् । दक्षिण कोरियाली भू, संरचना तथा यातायात मन्त्रालयका अनुसार विभिन्न पाटर््सहरुमा समस्या आएपश्चात ति गाडिहरु कम्पनीलाई नै फिर्ता गरिने भएको बताएको छ ।
यसरि फिर्ता गरिएका कारहरुमध्ये ९ वटा विदेशी कम्पनीका रहेका छन् भने केही स्वदेशी कम्पनीका समेत रहेका मन्त्रालयले जनाएको छ । अडी, विएमडब्लु, फोर्ड, होण्डा, मर्सिडिज बेञ्ज, निसान, भोल्भो, हुण्डाई तथा किया मोटर्सका ति गाडीहरु फिर्ता गरिएका हुन् ।
हुण्डाई कम्पनीको टक्सन एसयुभी तथा कियाका स्टिङ्गर स्पोर्टस का करिव १,८९,९७४ थान गाडीहरु गलत हाइड्रोलीक कन्ट्रोल भएका कारण फिर्ता गरिने भएका हुन् । उक्त समस्याका कारण गाडीमा आगलागी हुन सक्ने मन्त्रालयले जनाएको छ ।
इन्धन खपतमा समस्या देखिएको मर्सिडिज बेञ्जले गाडि फिर्ता लिनुको सट्टा ३०० युरो क्षतिपुर्ति दिने भएको छ । इन्धन खपतमा समस्या देखिए पश्चात कम्पनीले २९,७६९ थान गाडी धनीहरुलाई उक्त क्षतिपुर्ति दिन लागेको कम्पनीले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस