सोल– पछिल्लो समयमा दक्षिण कोरियामा विदेशी नागरिकहरुसँग विवाह गर्ने क्रम बढ्दै गएको छ । दक्षिण कोरियाली तथ्याङ्क विभागका अनुसार सन् २०१९ मा २३६४३ जनाले विदेशीसँग विवाह गरेका छन् ।
विभागले दिएको जनाकारी अनुसार हालसम्मकै सबैभन्दा बढी उक्त प्रकारको विवाह सन् २००५ मा भएको थियो । उक्त बर्ष ४२३५६ जनाले विवाह गरेका थिए । सन् २०१६ सम्म आइपुग्दा उक्त दर घटेर २०५९१ मा आइपुगेको थियो ।
यसरी विदेशीसँग विवाह गर्ने दर बढ्दै जानुमा काम तथा अध्ययनलाई प्रमुख कारकका रुपमा लिइएको छ । विभिन्न देशहरुबाट दक्षिण कोरिया आउने तथा दक्षिण कोरियाबाट विदेश जानेहरुमा हाद विवाहसम्मको आकर्षण देखा परेको विभागले बताएको छ ।
दक्षिण कोरियालीहरुसँग सबैभन्दा बढी विवाह गर्नेहरुमा चिनियाँ तथा भियतनामी महिलाहरु रहेका छन् । अन्य देशका महिलाहरुको संख्या भने सामान्य मात्र रहेको समेत विभागले बताएको छ ।
महिलाहरुको विदेशी पुरुषसँग विवाह पनि उत्तिकै उच्च अंकमा रहेको विभागले बताएको छ । कुल विवाहित महिलाहरु मध्ये ३२ प्रतिशतले चिनियाँ पुरुषसँग, ३० प्रतिशतले जापानी पुरुषसँग, १६ प्रतिशतले अमेरिकनसँग विवाह गरेका छन् भने बाँकी ३८ प्रतिशतले विश्वका अन्य देशका पुरुषसँग विवाह गरेको विभागले बताएको छ । उक्त तथ्याङ्क सन् २०१९ को हो ।
अधिकांश विदेशीसँग विवाह गर्ने दक्षिण कोरियालीहरुले आफ्नो दोश्रो विवाहका लागि विदेशी जोडी खोजेको समेत विभागको तथ्याङ्कले बताएको समाचार आजको छुसन डट कममा प्रकाशित छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस