सोल – खक्षिण कोरियाली कार उत्तपादक कम्पनी एसके ग्रुपले हाइड्रोजन ब्यापारका लागि आगामी ५ बर्ष भित्रमा १८ ट्रिलियन वोन लगानी गर्ने भएको छ । विश्वकै ठूलो हाइड्रोजन उर्जा ब्यवसायीका रुपमा आफूलाई स्थापित गराउन त्यति धेरै लगानी गर्न लागेको हो ।
एसके ग्रुपका अध्यक्ष चेई ताई वोनले सरकारी अधिकारीहरुसँगको बैठक पश्चात जानकारी दिँदै अबको इन्धनको उत्तम उपाय नै हाइड्रोजन भएको बताएका छन् । हाइड्रोजन ग्याँस वातावरण मैत्री भएका कारण दक्षिण कोरियाका लागि उत्तम इन्धन विकल्प भएको र यसले वातावरणलाई कुनै प्रकारको हानी नगर्ने भएका कारण पनि यसको उत्सर्जनमा लाग्न जरुरी रहेको उनले बताएका छन् ।
बैठकमा सहभागी भएका हुण्डाई कम्पनीका अध्यक्ष चुङ इवी सुनले अव हरेक कार निर्माताहरुले हरीत वातावरण सृजना गर्नका लागि विद्युतीय तथा हाइड्रोजन सवारीसाधन निर्माणमा जोड दिन पर्ने बताएका छन् ।
हाल कम्पनीहरुले ठूलो मात्रामा हाइड्रोजनका लागि लगानी गरिरहेको तथा एसके कम्पनीले मात्र सन् २०२५ सम्ममा हाइड्रोजन प्लान्ट निर्माण सक्न ५.३ ट्रिलियन वोन खर्च गरिसकेको बताएको छ । कम्पनीले बार्षिक २५०००० टन ग्यास उत्पादन गर्ने लक्ष राखेको समेत बताएको छ । कम्पनीले ग्याँस भण्डारणका लागि मात्र १२.७ ट्रिलियन वोन खर्च हुने बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस