सोल – कोरोना माहामारीका कारण दक्षिण कोरियामा सम्बन्ध विच्छेद दरमा कमी आएको छ । लामो समयसम्म परिवारहरु सँगै बसेता पनि उक्त दरमा कमी आएको हो ।
दक्षिण कोरियाली तथ्यांक विभागका अनुसार सन् २०२० मा दक्षिण कोरियामा १,०६,५१२ जनाले सम्बन्ध विच्छेद गरेका छन् । यो अघिल्लो बर्ष भन्दा करिव ३.८ प्रतिशतले कम हो । विभागका अनुसार अदालतमा दर्ता भएका त्यस प्रकृतिका मुद्दाहरुमा पनि कमी आएका छन् । अघिल्लो बर्ष ८,६०० वटा मुद्दा दर्ता भएका मा यस बर्ष भने ८,३०० वटा मात्र मुद्दा दर्ता भएका छन् ।
म्याचमेकिङ एजेन्सीका अधिकारीहरुका अनुसार दक्षिण कोरियामा आर्थिक संकटका समयमा सबै भन्दा बढी सम्बन्ध विच्छेद भएका थिए । गत बर्ष भने अदालतहरु भनेजति समयसम्म नखुल्नु, सामाजिक जीवनमा मानिसहरु घुलमील हुन नपाउनु लगायतका कारण सम्बन्ध विच्छेदका घटनामा कमी आएको उनीहरुको दावी छ ।
अधिकारीहरुका अनुसार सम्बन्ध विच्छेद जस्तै विवाह गर्नेहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१९ मा भन्दा २०२० मा विवाह गर्ने मानिसहरुको संख्यामा निकै फरक रहेको छ ।
विवाहको २० बर्षपछि सम्बन्ध विच्छेद गर्नेहरुको संख्यामा भने ठूलो संख्यामा बृद्धि भएको छ । उक्त उमेर समुहको सम्बन्ध विच्छेद एक बर्षको अवधिमा पहिलो पटक ४०,००० कटेको समेत विभागले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस