सोल – पछिल्ला दिनहरुमा दक्षिण कोरियामा विवाह गर्ने पुरुषहरुको संख्यामा ब्यापक कमी आइरहेको छ । त्यसमाथि पनि हाल हजारौँ युवाहरुले विवाह दर्ता नगराएको देशको तथ्याङ्क विभागले जनाएको छ । उनीहरुले तत्कालै कुनै फाइदा नदेखेका कारण विवाह दर्ता नगरेको हुनसक्ने अधिकारीहरुले बताएका छन् ।
दक्षिण कोरियाली तथ्याङ्क विभागका अनुसार सन् २०२० मा देशभर २,१३,५१३ जेडीले विवाह गरेका छन् । यो सन् १९८१ पश्चातकै न्युन विवाह हो । सन् १९९७ को आर्थिक मन्दी पश्चातकै तीव्र रुपमा उक्त तथ्याङ्कलाई लिइएको छ जुन १० प्रतिशत भन्दा बढीले कम हो ।
दक्षिण कोरियाले विवाहित जोडीलाई घर दिने नियममा कडाई गरेको तथा एकल रहँदा घर पाइने आशामा उनीहरुले विवाहित भएको बताउन नचाहेको अधिकारीहरुले बताएका छन् । दक्षिण कोरियामा हाल घरको अभाव रहेको छ । जोडीको आयश्रोत पर्याप्त हुने भएका कारण सरकारले उनीहरुलाई त्यति ध्यान नदिदा विवाह दर्ता गर्न उनीहरुले खासै रुची नदेखाएको उनीहरुको बुझाई छ ।
यता विवाह अगाडी नै घर किन्नेहरुका हकमा भने सरकारलाई भारी मात्रामा कर बुझाउन पर्ने भएका कारण पनि उनीहरु आफूलाई विवाहित भनेर चिनाउन नचाहेको समाचारमा बताइएको छ । हाल दक्षिण कोरियामा तीब्र गतिमा आकाशिएको घरको मुल्य तथा सरकारको नितिका कारण उनीहरुले विवाहिताको प्रमाण सार्वजनिक गर्न हिचकिचाएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस