सोल — दक्षिण कोरियाका महिला तथा पुरुस दुबै एक अर्काबाट हिंसाको सिकार भएको पाइएको छ । हालै गरिएको एक अध्ययन अनुसार उक्त तथ्य फेला परेको हो ।
देशको लैङ्गिक समानता तथा परिवार मन्त्रालयले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार ७६.४ प्रतिशत महिलाले आफू लैङ्गिक हिंसाको सिकार भएको बताएका थिए । उक्त अध्ययनमा १८.६ प्रतिशत पुरुसले महिलाहरुको उक्त धारणा सहि रहेको बताएका थिए ।
यता ५१.७ प्रतिशत पुरुसहरुले समेत आफू लैङ्गिक असमानता तथा विभेदको सिकार भएको बताएका छन् । तर पुरुसको उक्त भनाइ प्रति ७.७ प्रतिशत महिलाले मात्र सहमति जनाएका छन् । उक्त सर्वेक्षण दक्षिण कोरियाका १५ देखी ३९ बर्ष उमेर समुहका १०,१०१ जनामा गरिएको थियो ।
उक्त अध्ययन अनुसार एक अर्कालाई लैङ्गिक हिंसाको सिकार देख्ने मानिसहरुको संख्या २० देखी ३० बर्ष उमेर समुहमा बढी पाइएको छ ।
महिला विकास सम्बन्धि संस्थाका अधिकारीहरुका अनुसार विद्यार्थिहरुलाई विद्यालय तथा कलेजमा समानता तथा समताका पाठ पढाइने गरिएको भएता पनि बाहिरी संसारको प्रभावका कारण उनीहरुमा त्यस किसिमको धारणा आएको पाइएको छ । उनीहरुले यस किसिमको धारणा हटाउन सबै पक्षले उत्तिकै बल गर्नु पर्ने समेत बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस