अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुभिएको छ ।
अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।
उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।
बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अनबीच तीन पटक वार्ता भएपनि तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् ।
उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना रहेको तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन् ।
हुन त दुई वर्ष पहिले अमेरिका र उत्तर कोरियाबीच लडाईं नै हुनसक्ने खालका प्रतिक्रियाहरू एक अर्काले जनाउने गरेका थिए । वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन ।
प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो ।
बेलायती समाचारसंस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन ।
बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गर्नुभएको छ । त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ विश्व समुदायको छ ।
उहाँल उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको प्योङयाङबारे जानकारहरूले बताउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस