कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत ३ गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएसँगै कोरिया जाने रोस्टर सूचीमा रहेका ५ सय १० युवाको श्रम सम्झौता भएको छ । मंगलबारसम्म कोरियाका रोजगारदाताले ७ सयभन्दा बढी मागपत्र जारी गर्दा मंगलबारसम्म ५ सय १० नेपालीको श्रम सम्झौताका लागि पत्र आएको वैदेशिक रोजगार विभाग ईपीएस शाखाले जनाएको छ । यसमध्ये मंगलबारसम्म उत्पादनमूलक क्षेत्रमा २ सय ६४ र कृषि तथा पशुपालन क्षेत्रमा २ सय ४६ नेपालीको श्रम सम्झौतापत्र आइसकेको विभागका एक अधिकारीले जानकारी दिए ।
एचआरडी कोरियाले फागुन २४ देखि २६ गतेसम्म कृषि क्षेत्रमा काम गर्न कोरिया जाने श्रमिकको मागपत्र जारी गर्न त्यहाँका रोजगारदातालाई अनुमति दिएको थियो । यसैगरी फागुन २७ देखि चैत ३ गतेसम्म उत्पादनमूलक क्षेत्रमा काम गर्ने विदेशी श्रमिकका लागि मागपत्र जारी गर्ने अनुमति दिएको थियो । शाखाका एक अधिकारीले भने यो पटक ७ सयदेखि ८ सयको माग आउने सम्भावना छ ।
एक वर्षदेखि भिसा लागेका र रोजगारदातासँग श्रम सम्झौता गरेका लगभग ६ हजार नेपाली कोरिया प्रवेश गर्न भने पाएका छैनन् । कोरियामा कोभिड संकट लम्बिँदै गएपछि नेपालीसहित १६ देशका विदेशी श्रमिकको प्रवेशलाई अस्थायी रूपमा रोक लगाउँदै आएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको एचआरडी र कानुन मन्त्रालयको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई सहजीकरण गरिरहेको भए पनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम कार्यालयले विदेशी श्रमिकको प्रवेश अनुमति दिएको छैन ।
कोभिड संकटका कारण हाल भिसा लागेर बसेका र श्रम सम्झौता गरेर भिसाका लागि बसेको संख्या ५ हजारभन्दा बढी छ । कोरिया सरकारले भिसा प्रक्रिया, माग र श्रम सम्झौताका सबै प्रक्रिया सुचारु गरे पनि प्रवेशमा रोक लगाउँदा ५ हजारभन्दा बढी नेपाली युवा अलमलमा परेका छन् । कोरियाले सन् २०२१ मा उत्पादन, कृषि, निर्माण र सेवा क्षेत्रमा ४० हजारभन्दा बढी विदेशी लिने जनाए पनि जाने प्रक्रिया भने हुन सकेको छैन ।
एचआरडी कोरियाले फेब्रुअरीमा ६ हजार २ सय ५०, अप्रिलमा ६ हजार २ सय ५०, जुनमा १२ हजार २ सय ५०, सेप्टेम्बरमा १२ हजार २ सय ५० विदेशी कामदारका लागि भिसा जारी गर्ने तयारी गरेको थियो । यसमध्ये उत्पादनमूलक क्षेत्रमा २७ हजार ४ सय, कृषि क्षेत्रमा ५ हजार ९०, मत्स्य व्यवसाय क्षेत्रमा २ हजार ६ सय ५०, निर्माण क्षेत्रमा १ हजार ७ सय ८० र सेवा क्षेत्रमा ८० विदेशीको रोजगारी भिसा दिने भएको छ ।
रियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाइरहेको जनाए पनि नेपाल उच्च जोखिममा नै राखिएको छ । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालयअन्तर्गतको एचआरडी र भिसा प्रक्रियाका लागि कानुन मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले विदेशी श्रमिकको प्रवेशलाई विकल्प दिएर खुला गर्ने बारेमा छलफल गरिरहेका छन । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस