सोल — सन् १९५०–५३ मा भएको कोरियाली युद्धको सम्झनामा संयुक्त राज्य अमेरिकाको वासिङटनमा स्मारक निर्माण गरिने भएको छ । उक्त युद्धमा ज्यान गुमाएका ४३००० जना सैनिकहरुको सम्झनामा स्थानीय पार्कमा यौटा पर्खाल निर्माण गरेर त्यसमा उनीहरुको नाम कुँदिने भएको समाचारमा बताइएको छ ।
मध्य मार्चबाट उक्त पार्कको निर्माण सुरु गरिने अमेरिकाको राष्ट्रिय पार्क सेवाले बताएको छ । उक्त पार्कमा कोरियाली युद्धमा ज्यान गुमाएका ३६५७४ जना अमेरिकी सेना तथा ७२०० जना कोरियाली सेनाको नाम समावेश गराइने छ ।
अमेरिकाको वासिङटन स्थित नेशनल मलमा उक्त पार्क स्थापना गर्ने सम्झौता तात्कालीन राष्ट्रपति वील क्लिन्टन तथा किम योङ साम बीच सन् १९९५ जुलाई २७ मा भएको थियो ।
सोही विषयलाई लिएर सन् २०१६ मा कानुन समेत निर्माण गरिएको थियो । उक्त पार्क निर्माणका लागि हालसम्म २२ मिलियन अमेरिकी डलर रकम संकलन समेत गरिसकिएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस