सोल —दक्षिण कोरियामा सञ्चालन भइरहेको कोरोना विरुद्धको खोप अभियान खासै प्रभावकारी भने देखिएको छैन । बिहिबार सम्ममा कोरोना खोपकै कारण २ जनाको मृत्यु भइसकेको छ । हाल दक्षिण कोरियामा बेलायती कम्पनी अष्ट्राजेनेकाको खोप प्रयोगमा ल्याइएको छ ।
बिहिबार मृत्यु भएकी अन्दाजी ६० बर्षीया महिलाले अष्ट्राजेनेकाको खोप लगाएको पाइएको छ भने अर्का मृतकले कुन खोप लगाएका थएि भन्ने बारे यकिन जानकारी आइसकेको छैन । अर्का मृतक अन्दाजी २० बर्षका रहेका छन् ।
२६ फेब्रुअरीमा कोरोना विरुद्धको खोप लगाएकी ति महिलामा खोप लगत्तै स्वासप्रस्वासमा समस्या देखिएको थियो । लगातार स्वास्थ्य समस्या भएकी उनको मृत्यु माद्र्ध ६ तारिखमै भएको अधिकारीहरुले बताएका छन् ।
अष्ट्राजेनेकाको खोपका बारेमा दक्षिण कोरिया बाहेक अन्य देशहरुमा समेत नकारात्मक प्रतिकृया आइरहेका छन् । कतिपय देशहरुले खोप कार्यक्रम नै स्थगित गरेका छन् भने कतिपय देशले उक्त खोप बारे विस्तृतमा जानकारी दिन माग समेत राखेका छन् । हाल यो खोप माथि विश्वव्यापी रुपमा नै प्रश्न उठीरहेको छ ।
उक्त खोप लगाएका हरेक तीन मध्ये एकमा नकारात्मक असर देखा परेको देशको रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोप लगाएका मध्ये ३२.८ प्रतिशतमा मांशपेशी दुख्ने तथा ज्वरो आउने लगायतका असर देखा परेको छ । यो दर बेलायत सरकारले देखाएको भन्दा ३ गुणा बढी रहेको समेत केन्द्रले बताएको छ ।
उक्त खोप लगाएका १८००० जना मध्येबाट गरिएको अध्ययनका क्रममा उक्त नतिजा फेला परेको अधिकारीहरुले बताएका छन् । उनीहरुलाई बेलमयती कम्पनीको खोप अष्ट्राजेनेका प्रयोग गरिएको थियो भने केहीलाई फाइजरको खोप समेत लगाइएको थियो ।
खोपको असर युवाहरुमा बढी पाइएको समेत केन्द्रको अध्ययनमा भनिएको छ । केन्द्रले भने प्रतिरक्षा प्रणाली विस्तार हुने क्रममा त्यस किसिमका लक्षण देखिएको दावी गरेको छ । यता स्वास्थ्य विज्ञहरुले भने यति धेरै मात्रामा नकारात्मक असर देखिनु सामान्य नभएको प्रतिकृया दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस