सोल — दक्षिण कोरियामा पनि कोरोना विरुद्धको खोप अष्ट्राजेनेकाको नकारात्मक असर ब्यापक देखिएको छ । हाल सम्म ६ जनाको सोही खोपका कारण मृत्यु भइसकेको छ भने हरेक ३ जना खोप लगाएका मध्ये १ जनामा नकारात्मक असर देखिएको छ । यद्यपी दक्षिण कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले भने खोप कार्यक्रम नरोकिने बताएको छ ।
अष्ट्राजेनेकाको खोपका कारण मानिसहरुको रगत जम्ने खतरा बढेका कारण उक्त खोपको प्रयोग बारे पुनर्विचार गर्न विज्ञहरुले सल्लाह दिएका छन् । यता रोग तथा प्रकोप नियन्त्रण केन्द्रले भने हालसम्म युरोपमा उक्त खोपको प्रयोग पाँच करोड बढीले गरिसकेको र ति मध्ये ३० जनामा मात्र उक्त असर देखा परेको केन्द्रको दावी छ ।
रगत जम्ने समस्या फाइजर खोप लगाउनेहरुमा समेत पाइएको केन्द्रले बताएको छ । बेलायतमा मात्र ९७ लाखले अष्ट्राजेनेकाको खोप लगाएका छन् भने एक करोड ७ हजार बढीले फाइजरको खोप लगाएका छन् । फाइजर खोप लगाउने मध्ये २७ जनामा उक्त समस्या देखिएको समेत केन्द्रले बताएको छ ।
नकारात्मक असर एकदमै कम मानिसहरुमा देखिएको र सामान्य लक्षण देखिनु सामान्य समेत भएका कारण केन्द्रले जागरिकहरुलाई नआत्तिइ खोप कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । केन्द्रले एक हात समस्याकै कारण खोप कार्यक्रम नरोकिने समेत बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस