सोल–दक्षिण कोरियामा नेपाली तथा कोरियन कविबीच कविता कन्र्सट गरिएको छ । नेपाल–कोरिया कल्चर सेन्टरको मुख्य आयोजनामा कोरियाको थेजन शहरमा कविता कन्र्सट गएिको हो ।
कोरियन कवि किम ह्यङ ह्याकोे सगरमाथा होटलमा भएको उक्त कविता कन्सर्टमा कोरियाली कवि र कोरियामा नेपाली कविहरूको सहभागीता रहेको थियो ।
अनेसास कोरिया सह आयोजकको बनेको कविता कन्सर्टमा कोरियाका चर्चित कविहरू किम जुन ते, पाक मङ गै, लि क्यु सिक, मुन चाङ गिल लगायत एक दर्जन कविहरू सहभागी भएका थिए । नेपाली कविहरू प्रमोद सारंग, यल्जी विवश, सरोज सर्वहारा, मणि भुसाल, गंगा बस्नेत, डी आर न्यौपाने सूर्य, विनोद एकलव्य, शकुन आँसु , गोकुल थोकर, र मातृका नेम्बाङले कविता वाचन गरेका थिए ।
दुइ–दुइ जनाको समूह बनाएर कविता वाचन गरिएको कार्यक्रममा पहिले कविले मौलिक कविता र त्यहि समुहका अर्का कविले अनुवादित कविता वाचन गरेका थिए । जनक सन्याल, गोपी कृष्ण लामिछाने, डी आर न्यौपाने, मणि भुसाल र गंगा बस्नेतले कार्यक्रमको सुरुवातमा रेशम फिरिरि गीत गाएर मनोरन्जन दिएका थिए । कार्यक्रमको उत्तराद्र्धमा जनक सन्याल, गोपी कृष्ण लामिछानेका छन्द कविता वाचन नेपाली छन्द कविता वाचन गरेको थिए ।
दुई देशका २२ कविहरू लगायत करिब ६० स्रष्टा सहभागी छलफल र कन्सर्टले नेपाली साहित्यका विविध विधा र मुलतः कवितालाई कोरियन भाषामा अनुवाद गर्ने एक ऐतिहासिक बाटो कोरिने सहआयोजक संस्था अनेसास कोरियाका अध्यक्ष प्रमोद सारंगले बताए । सोही अवसरमा कोरियाली कवि किम ह्यङ ह्यो , कवि प्रमोद सारंग र मन्जु गुरुङद्वारा अनुवादित नेपाली तथा कोरियन कविका कविताहरू समेत सार्वजनिक गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस