काठमाडौं- नेपाली साहित्य जगतमा कविको रुपमा राम्रो छाप बनाउन सफल सरस्वती प्रतीक्षाले पहिलो उपन्यास ‘नथिया’ लिएर आएकी छिन | शनिबार नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रममा बादी समुदायकी अभियन्ता एवं प्रदेशसभा सांसद उमा बादीले ‘नथिया’ सार्वजनिक गरिन्।
बादी समुदायभित्रको यौन व्यवसाय र त्यसप्रति बादी परिवारकै एउटी युवतीको विद्रोह प्रस्तुत गरिएको कृतिको रचनागर्भ सुनाउँदै लेखक प्रतीक्षाले यस्तो संवेदनशील विषयमा साहसले नभई दुस्साहसले लेखेको बताइन्।
‘बादी महिलाहरुसँग संवाद गरेर यथार्थ लेखेकी हुँ’, उनले भनिन्, ‘देह व्यापारसँग जोडिएको यो कथामा कति यातना र कठोर कुरा छन्, जो मैले लेख्न सकेकी छुइनँ।’
प्रतीक्षाको ‘यद्यपि प्रश्नहरु’, ‘विम्बहरुको कठघरा’, ‘बागी सारङ्गी’ कविता संग्रह प्रकाशन भईसकेका छन् ।कार्यक्रममा फिल्म निर्देशक दीपेन्द्र के खनालले ‘नथिया’माथि फिल्म बनाउने घोषणा गरे।
पुस्तक बुक-हिल पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस