काठमाडौं – प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ शुक्रबार प्रज्ञा प्रतिष्ठानमा विमोचन गरियो । उपन्यासमाथि साहित्यकार विप्लव प्रतीक, विश्लेषक उज्ज्वल प्रसार्इं, कवि तथा पत्रकार संगीत श्रोताले टिप्पणी गरेका थिए ।
महिला दबाब समूहकी केन्द्रीय सचिव सावित्रा थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले मूलबाटो प्रतिष्ठानले गरेको कार्यक्रममा सबैले ऐक्यबद्धता जनाउनुपर्ने धारणा राखिन् । महिला सशक्तीकरणका लागि यो राम्रो अभियान भएको उनको भनाइ छ ।
मूलबाटो प्रतिष्ठान नेपाल र इन्डिगो पब्लिकेसनले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आयोजना गरेको कविता वाचन र विचार गोष्ठीमा सो उपन्यास सार्वजनिक गरिएको हो । राईको यो दोस्रो आख्यानकृति हो ।
यसअघि उनको ‘लेखककी स्वास्नी’ नामक उपन्यास प्रकाशित भएको थियो । उनको कविता संग्रह ‘बादी विज्ञप्ति’ पनि प्रकाशित छ । कार्यक्रममा विक्रम परियार, प्रज्वल अधिकारी, निर्दोषी प्रवीणा, नमन राई, खेम बतास, केशव सिलवाल, शकुन्तला जोशी, यशोदा अधिकारी र चन्द्र रानाहँछाले कविता वाचन गरेका थिए ।
कार्यक्रममा छोरीको वंशाधिकारसम्बन्धी बहससमेत भएको थियो । मूलबाटो प्रतिष्ठानले फागुनलाई नारी महिना मानेर उत्सवका रूपमा मनाउने तयारी गरेको प्रतिष्ठानकी अध्यक्ष प्रगति राईले जानकारी दिइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस