सोल – “आदिवासी सौन्दर्य र पहिचानको आवाज ” भन्ने मौलिक उदघोष सहित इतर आवाज साहित्य समाजद्वारा सौलको नेपाल हाउसमा “कविता कन्सर्ट-२०१८” सम्पन्न भएको छ।
सिर्जनशील अराजकताका अभियन्ता कवि उपेन्द्र सुब्बाको प्रमुख आतिथत्व,इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमूको अध्यक्षमा कार्यक्रम भएको थियो |
कार्यक्रममा पछिल्लो पुस्ताका बलशाली कविका कविताहरु वाचन भएका थिए। कविहरु मातृका नेम्बाङ, खोम गुरुङ, देबेन्द्र थाम्सुहाङ, सन्जय काउचा, सुष्मा रानाहँमा, प्रमोद साराङ्ग, विष्णु लामा, सुरेन्द्र कार्की, डम्बर सुब्बा, मन कु. तामाङ, रामचन्द्र शर्मा, जीवन खत्री, शकुन आँसु, बलिन्द्र बाबु , कृष्ण किरात, एकलब्य, गोपिकृष्ण लामिछाने, जनक सन्त्याल, राजु राई र सुरेशसिंह सम्बाहाम्फे लगायतका कविहरुले आफ्नो कविता वाचन गरेका थिए |
रङ्गबादी कवि स्वप्निल स्मृति प्राविधिक त्रुटि बाबजुत उपस्थित हुन नसकेता पनि उनको कविताहरु स्वप्निल, धोका र जिन्दगी माइला शिर्षकका कविताहरु अराजक कवि उपेन्द्र सुब्बाले वाचन गरेका थिए।नेपाल हाउसभित्र खचाखच दर्शकदिर्घाको उपस्तिथि माझ कार्यक्रमका आकर्षक प्रमुख अतिथि रहेका कवि उपेन्द्र सुब्बाले आफ्ना चर्चित कविता कृति खोलाको गीतबाट सुरुवातमा नै कृति शिर्षक कविताबाट कविता वाचन गरेका थिए।
त्यसपछि लगातार सायद, विश्वास, बाटो, ना.४ ख ४३८५, ढुंगाको मन, साँल्दीज्यू! एक ट्वाक चढाऊँ कि- र भेडेटारकाे पिकनिक वाचन गरेका थिए।आफ्नै मौलिक पाराले वाचन गर्ने शैली र कवितामा भएका पात्रसित सम्बाद गर्ने बेजोड प्रस्तुतिले दर्शकदिर्घालाइ अत्यन्तै लोभ्याएका थिए।
“प्रवासमा रहेर पनि नेपाली साहित्यको विकास र प्रवर्धनमा हामी लागि परेका छौं।” ,इतर आवाजका शिर्षविन्दु पराजित पोमूले उदघोष गरे।कार्यक्रमलाई कवि उत्तम खजुमले संचालन गरेका थिए।यो संस्थाले गएको गर्मी विदामा बुसान स्थित हिउन्देमा इतर आवाज साहित्य मेलाको आयोजना गरेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस