सुर्य चन्द काठमाडौँ : आज म प्रेम पत्र कोर्दैछु तिम्रो लागि तर खोइ कहाँ बाट सुरु गरु हरपल तिम्रो सुन्दर प्रतिविम्ब मेरो नजर वरीपरी घुमिरहन्छ हुन त अहिले इमेल र फेसबुक अनि भाईबर देखि उई च्याट, व्हाट्सअप ईमो सम्मको जमानामा यो मेरो प्रेम कथाको कुनै अर्थ र मान्यता हुन्न होला तर पनि यो मनको भाबनाहरु तिम्रो सामु मैले ब्यक्त गर्नु नै पर्छ। मेरी सपनाकी राजकुमारी नानु मलाई विश्वास छ कि मेरो पवित्र चोखो प्रेमले तिम्रो विशाल हृदयलाई भरिदिन् काफी छ । मलाई बचन देउ र आफ्नो पत्रमा वा इमेल, फेसबुक अनि भाईबर र उई च्याट, व्हाट्सअपमा भए पनि प्रेमका मीठा–मीठा सपनाहरु कोरेर पठाउ । यदि यसो गर्न उचित देख्दैनौं भने मेरी मायाँलु मलाई सिधा–सिधा आफ्ना मीठा भावना भनिदेउ आफ्नो हृदयको ढोका खोली देउ नत्र इन्टरनेट ईमेल बाटनै भए पनि मलाई उत्तर देउ।
हो नानु, जब देखि हाम्रो कुरा हुन थाल्यो जब देखि हाम्रो भेट भयो त्यस पछिका हरेक पलहरु हाम्रो लागि त्यतिनै महत्वपुर्ण छ, यसका साथै लामो जिन्दगीको साँघुरो गोरेटोमा हातमा हात समाएर सहारा दिने कसम खाँदै गएका छौ। मैले दुवैको एउटै गन्तव्य सम्झेको छु, हुन सक्छ तिम्रो अर्कै तिर गन्तव्य पनि छुट्टिन लागेको हुन सक्छ । “तर पनि म हेर्दछु टाढा सम्म तिमी मुस्कुराएर अघि बढ्दै जानु म तिम्रो छायाँ देखिञ्जेल सम्म हेरुलाँ अनि बहिरी आत्माले देख्नै छाडे पछि भित्रि आत्माले हेरुलाँ, तिमी बाँचुञ्जेल सम्म, आकाश धर्ती रही रहे सम्म नानु ……….. यदि अघि बढ्न सकिनौ भने पुुनः पछाडी फर्कनु जहाँ उही तिम्रो जीवन यात्रामा सहयात्रीको भुमिका निर्वाह गर्न तम्सिरहेको मान्छे त्यहि ठाउँमा रहिरहने छ अनि तिमिलाई तिम्रो प्रतिक्षामा कुरिरहने छ ।” त्यो तिम्रो मुटु माझ मैले बास मागीरहेको छु । कोमल त्यो मुटुमा प्रेमको विउ रोपी सकेको छु । तिमी विनाको मेरो जीवन एक्लो अनि अपुरो हुनेछ त्यसैले तिमी समक्ष तिम्रो जीवन, तिम्रो मायाको भिख मागीरहेको छु । आशा छ प्रेमका अञ्जुलीमा प्रेम र मायाको भिक्षा मागेको भिक्षुलाई रित्तै हात र्फकाउने छैनौं । तिमी मेरो हृदयमा अजम्वरी भई बसेकी छौ । तिम्रो त्यो अतुलनिय एंव अवर्णनिय मोनालिसाको जस्तो मुस्कान साथै सुर मिलाएर बजाएको मीठो संगित जस्तो तिम्रो बोली अनि फक्रिएको गुलाफ जस्तो तिम्रो रुपले पहिलो भेटमा नै मलाई मोहोनि लगाएको छ जुन दिन तिमीलाई देखे जति बेला तिमिलाई अँगालोमा बाधेर न्यानो मायाको अनुभूति पाए सोहि दिन देखि मेरो मन मस्तिष्क तिम्रो सेरोफेरोमा घुम्न थालेको छ । त्यसैले त आज मनका भावनालाई तिमी सामु छर्लङ्ग पार्न यो पत्र लेख्दै छु । आशा छ यो पत्र तिम्रो लागि प्रिय बन्ने छ । कता–कता डर पनि लाग्दैछ । अव तिमीनै अनुमान गर म तिम्रो मायाँमा कति गलिसकेको छु । म तिम्रो प्रेमको खातिर आफुलाई नै बिर्सिसकेको छु । सम्झन्छु त म तिम्रो चन्द्रमा झैं हसिलो मुहार त्यही प्रतिविम्ब जसले मलाई सधै लामो जिन्दगी जिउने प्रण गरिरहेको छ । म प्रेम गर्छु त केवल तिमीसँग । तिम्रो अनुपस्थितीमा मेरो दोश्रो जीवन नै छैन । त्यसैले फेरि पनि भन्दैछु कि “म तिमीलाई धेरै माया गर्छु आत्मीक माया, हार्दिक माया” हामी बीचको पवित्र प्रेमको बन्धन यो जन्ममा त के सात जुनी सम्म पनि रहिरहने छ ।
त्यसैले त ……….. तिमी बिनाको जीवन मेरो संसार शुन्य र अध्यारो लाग्छ । तिमीलाई एकै छिन नदेख्दा एक छिन कुरा गर्न नपाउदा पनि म साह्रै दुःखी हुन्छु । म भन्दैछु मेरी माया हृदयको धडकन……………. तिमी जे सम्झ मलाई, यो पत्रलाई पागलपनको झंकारनै किन नसम्झ । तिम्रो माया र प्रेमको खातिर मेरो हृदयमा ठूलो भूकम्प चलिरहेको छ। अव तिमीनै भन नानु म के गरौ ? जे होस तिमीलाई आफ्नो सम्पूर्ण जिबन सम्झेको छु र आफुले आफुलाई तिमि प्रति समर्पित गरेको छु। तिमीले यसलाई मेरो मायालाई पागलपन सम्झ या त घृणा नै सम्झियौ भने पनि म त्यसलाई तिम्रो चोखो प्रेम र मायाको प्रशादी सम्झि स्वीकारौंला । तर मलाई यस्तो लाग्दैछकी तिमी त्यती निष्ठुरी बन्ने छैनौं र मलाई छोडेर टाडा सात समुन्द्र जाने छैनौ। ………. तिमीले मेरो निश्छल र पवित्र मायालाई बुझ्ने छौं किनकी तिम्रो हृदय पत्थर झैं कठोर अवश्य छैन् ।
नानु तिम्रो दिलमा मैले तमासुक लेखिदिइसकेको छु । साथै मैले तिम्रो मुटुमा लगाइदिई सकेको छु सहिछाप। प्रेम कल्पनामा होइन यो वास्तबिकतामा हुनुपर्छ काल्पनीक प्रेमको कुनै जग हुदैन र त्यो क्षणभरमै भताभुङ्ग हुन सक्छ । जोखिम देखि डराउने प्रेम गर्नु पनि हुदैन । किनकी जिन्दगी सघर्षको अर्को नाम हो । जिन्दगीका पानाभरी सघर्षै सघर्ष लुकेको हुन्छ र दुख पनि । आज तिमि म बाट टाडा हुदा धन सम्पत्ति ऐश्वर्यको एहसास त मिल्न सक्छ तर आजको युगमा त्यही मान्छे भोलि गरिब बन्न पनि सक्छ । तर प्रेम मात्र त्यस्तो चीज हो जुन परिवर्तनशील समाजमा पनि अडिक र अमिट हुन्छ । यहाँ हरेक सजिव र निर्जिव वस्तुहरु गतिशिल छन् तर आजको संसारमा आफूलाई सानो चोट लाग्दा दुख्ने मान्छे, अरुलाई मार्दा समेत रुदैन । जहाँ मान्छेले मान्छेलाई मान्छे नै सोचिन्न, म त्यही संसारमा मीठा प्रेमका कल्पना बुनेर बसेको छु मात्र तिम्रो लागि नानु । आज मान्छेहरु माया, प्रेम, प्रसन्नता, प्रफुल्लता अनि स्वास्थ्य पैसामा खोज्छन् तिनै मान्छेको विरोध गर्दै आफ्नो छुट्टै मायाको संसार वनाएर तिमीसँग सँगै मर्ने सँगै जिउने कसम खाएर तिमीसँग प्रेमको अञ्जुलीमा भिक्षा माग्दैछु ।
वास्तविकतामा प्रेम मीठो अनुभुति हो । उमेरमा जो सँग भावना मिल्छ उसैसँग माया पिरती बस्न जान्छ । प्रेम अन्तरहृदयबाट आफै प्रस्फुटन भएर आउने भावना हो । प्रेम हृदयको चाहना पनि हो । आखाँको हेराइले विस्तारै मुटु छुन थालेपछि भाबनाहरु मिल्दै गए पछि थाहै नपाइ प्रेम वस्दोरहेछ । तसर्थः प्रेम स्वतः स्फूर्त भावना पनि हो । प्रेम एक आत्माद्वारा अर्को आत्मामा विशेष रुपले सञ्चारित हुदो रहेछ । साँचो प्रेम आफै हुन्छ किनकी यो स्वभाविक र भावनात्मक हुन्छ । तर आज भोलि प्रेम फेसन हुन थालेको छ । जुन अत्यन्तै घृर्णित एंव घटिया काम हो । तर आजभोलि प्रेम पैसाको, आधारमा पनि मूल्याङ्कन गर्न थालिएको छ जुन मानवताको घेरा भन्दा बाहिरै हुन्छ । प्रेम भन्नु नै दुइ आत्माको मिलन हो त्यही मिलन बाट नै प्रेमको विजाङ्ककुरण भइ मायाको टुसा पलाँउछ । कसैको मन छुनु नै माया अनि प्रेम हो । प्रेम यौवनकालको उल्लास होइन साँचो प्रेमले त्याग खोज्छ त्यसैले माया र प्रेम समपर्णको अर्को नाम पनि हो ।
मेरो मान्यता छ, मलाई लाग्छकि ‘नारीले दिएको प्रेम, माया करौडौ स्वर्ण मुद्रा खर्च गरेर पनि प्राप्त गर्न सकिदैन त्यसैले तिमीले दिएको माया प्रेम र ममताले मलाई आधा राज्य जितेको महसुस भएको छ।’ प्रेम समुद्र भन्दा गहिरो छ, आकाश भन्दा विशाल अनि गगां भन्दा पवित्र छ जस्तो लाग्छ मलाई । प्रेम मौनताको भाषा पनि हो । मनको कुरा आखाँले बोल्छ भावनालाई शब्दमा उनेर बोल्न गाह्रो हुन्छ । जब दुइ मुटु धडकन्छ धडकनको गतिले मनका सवै कुरा बयान गरिदिन्छ । यी सुन्दर स्वर्णीम कल्पनाहरुलाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर वास्तविक धरातलमा कहिले काहि प्रेमले शब्दको सहारा खोज्छ पग्लिएको श्वास र धडकिएको मनले पनि आफ्नो भावना व्यक्त गर्न बोली अथार्त अभिव्यक्ति चाहन्छ । सायद त्यसैले होला प्रेमलाई अभिव्यक्त गर्न म आज प्रेमपत्रको सहारा लिदैछु जुन पुरानो प्रणाली हो तर पनि … तिम्रो लागि समर्पित। मनको जमिनमा प्रेमको विज रोप्ने आफ्ना कल्पनालाई मूर्त रुप दिने आफ्नो चाहनाको आलिङ्गनमा बाँधेर स्विर्णम् संसारमा हराउने आंकाक्षा कसलाई पो नहोला र ? त्यसैले प्रेम आँखाले होइन हृदयले देख्छ । यथार्थ प्रेमका अभिव्यक्ति कानले होइन मनले सुन्छ त्यसैले बहिरो पनि हुन्छ प्रेम। यद्यपी तिम्रो जवाफ नकारात्मक पाएँ भने म भित्र सहने क्षमता त छैन तर पनि “तिमीले मलाई साथ दिनै पर्छ, माया गर्नै पर्छ ” भनेर जर्वजस्ती गर्ने म भित्र सामर्थ्य छैन र सो कार्य गर्न मेरो नैतिकताले पनि दिदैन किनकि मैले तिमिलाई बुझेको छु अनि तिम्रो परिस्थति संग ज्ञात पनि छु। ‘तिमीले मसँग प्रेम गर्नै पर्छ त भन्दिन तर कृपया मलाई घृणा पनि नगर ल ।’ हुनत तिमीले मलाई घृणा गरेपनि मलाई भने माया झन बढेर जानेछ किनकी प्रेमले घृणाको उपचार गर्दछ र प्रेमले नै मानिस लाई बदल्छ ।
तिम्रो जिन्दगीको बागडोरको चाबी तिमी सँगै छ त्यसैले तिमी आफ्नो निर्णय आफै गर्न सक्छौ ।म तिमिलाई मलाई छोडेर कतै नजाउ त भन्न सक्दिन किन भने तिमि अहिले जुन ठाउँमा उभिएर मलाई माया गरि रहेको छौ त्यो अत्यन्तै कठिनाई पूर्ण छ, हो त्यहि भएर त्यो नै मेरो लागि महान हो नानु तिमि मेरो आदर्श हौ साच्चै भन्दा तिमिले नै मलाई दोस्रो जिबन दिएको हौ, यो कुरा तिमि लाई पनि राम्रो संग थाहा छ । तिमी वास्तबमा सच्चा, इमानदार, चरित्रवान, शुशील र सुन्दरी केटी हौ । तिमी आफ्नो छातीमा हात राख र भगवानको नाम सम्झेर मलाई भन त अव म के गरौं । तिमी आफ्नो हृदय र आत्मालाई साक्षी राखेर सोध आफुलाई र आत्माले र हृदय अनि मनले जे उत्तर दिन्छ त्यही उत्तर मलाई देउ । यदि तिमीलाई म माथि शकां र सन्देहको कुनै छाँया सम्म छ भने अस्विकार गरिदेउ म तिमिलाइ माया गर्दिन जस्तो तिमिलाइ लाग्छ भने। भगवानलाई सम्झेर आफ्नो मनको छेउकुना राम्ररी छामछुम पार र मलाई सम्झेर भन मेरो माया तिम्रो हृदयको छेउकुनामा कति छ ? के नेपाल छोडेर युरोप अमेरिका जाने साथ सबै समस्या को समाधान होला त के त्यो ठाउँमा दुख नहोला त के सुख मात्र पाउन सकिन्छ त? दुख पक्कै पनि छ हो जुन पिडा तिमिलाई परेको छ त्यहि पिडा भुल्न अनि एउटा सुन्दर भबिस्य निर्माण गर्नको लागि मात्र तिमिले यस्तो गर्न खोजेको हो। म तिमिलाई बुज्छु, तिम्रो पिडा भनेकोनै मेरो पिडा हो यहि कुराले हरपल यो मन रुन्छ तिम्रो सम्झनामा हामीले बिताएको हरेक पलहरु मेरो आखा अगाडी नै घुमिरहेको छ । तिमि जहाँ गए पनि जहाँ भए पनि म त्यहि हाम्रो मायाको साहारामा बाच्नेछु केवल तिमि फर्की आउने आश लिएर मेरो पुरा जिबन तिम्रो नाममा समर्पित गर्ने छु ।
मानिसको जिबनमा गल्ति त हुदो रहेछ जुन गल्ति मैले पनि गरे जुन गर्नु नहुने थियो म आफै त्यहि गल्तिले गर्दा पश्चतापमा जलि रहेको छु म मेरो यस गल्तिमा तिमि समक्ष क्षमा माग्दछु माफ माग्दछु सक्छौ भने माफ गरि देउ नत्र सजाय देउ तिम्रो हरेक सजाय म सहर्ष स्वीकार्छु अनि तिम्रो हरेक कुरा मेरो जिबनको सुन्दर उपहार सम्झिने छु ,नभए यो मेरो जिबन तिम्रो सामुन्ने त्याग गर्नेछु मात्र तिम्रो मायाको लागि मात्र तिम्रो लागि ।
सम्झ त एकछिन तिमी मेरी जीवन संगिनी बन्न सकिनौ भने मेरो माया कति निसासिन्छ मेरो जिन्दगी कति निरास बन्न पुग्छ होला भनेर। तिम्रो हृदयले जे लेख्छ, मनले जे सोच्दछ, त्यही मलाई उत्तर देउ । म तिम्रो प्रतिक्षामा कुरिरहने छु । यो लेख देख्नासाथ तिमिलाई अनौठो त पक्कै पनि लाग्ला तर पनि, यसलाई तिमिले अमिट माया सम्झेर हृदय भरी मुटु भरी राख्न पनि सक्छौ र अनि मलाई जिबन भरि साथ दिने बाचा पनि गर्न सक्छौ या त मेरो मायालाई यतिकै छोड्न पनि सक्छौ अन्तिममा फैसला त तिम्रोनै हातमा छ। जुन सुकै परिस्थितिमा पनि म तिमिलाई माया गर्ने छु इज्जत दिने छु र सधै भरि मेरो हृदयमा सजाएर राख्नेछु । तिम्रो यो जिबनको सहयात्री अञ्जुली भरी प्रेमको भिक्षा माग्दै अन्तर हृदय देखि तिमिलाई नै कुरेर जिबन व्यतित गर्ने प्रण गर्दछ, तिमिलाई नै जिबन भर पर्खेर बस्ने कसम खादैछ अनि तिमि आउने गोरेटोमा तिम्रो प्रतिक्षामा कुरेर बस्नेछ। धन्यबाद l
(यो मेरो एक काल्पनिक साहित्यिक लेख तथा आधुनिक युगको प्रेम पत्र भएकोले कसैको जिबन संग मेल खाएमा संयोग मात्र हुनेछ – सुर्य चन्द )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस