मैले माग्न जानिन कि तिमीले दिन सकेनौ,
हर ढोकाबाट ॐकारमय शंखनाद सुनेनौ,
पर पर सम्म घन्किएको घन्टाको आवजले ब्युझेनौ,
प्रबिधिसग खेल्न सिक महादेव प्राबिधिक भैसक्यो युग,
एकै औलाले बिश्व घुमिसक्यो त्यस्तै छु मन्तर घुमाउ,
जन्म कुण्डली गुगलले बताउछ आमाले भनेको गलत बरु,
कामधन्दा पेशा युट्युबले बताउछ परिवार बेकार हुन्छ बरु,
महादेव प्रबिधि सग खेल्न सिक प्राबिधिक भैसक्यो युग…
मृगको छालाले ढाकिएर सर्वश्व छोपिदैन,
सत्य,द्वापर,त्रेता हुँदै कलियुग आएकै थाहा पाएनौ,
छल गर्न पठाउने विष्णु पनि ब्युझेको छैन,
प्रबिधिसग खेल्न सिक महादेव प्राबिधिक भैसक्यो युग,
सतिदेवी,पार्वती ,गोमा देख्नै नहुने तिम्रै वरिपरि ,
जल छल कपट गरि गरि बोक्यौ कमण्डलु जोगी भेष गरी,
महादेव प्रबिधि सग खेल्न सिक प्राबिधिक भैसक्यो युग,
तन्त्रका कुरा गर्यौ तान्त्रिक अरु नै भए,
विश्व संरचनाको कुरा ल्यायौ बिश्व कता तिर गयो खोई,
घण्टाको आवाजले पनी ब्युझेनौ तिमी,
शंखनाद गर्दा पनी मस्त निदाउछौ तिमी,
मैले माग्न जानिन कि तिम्ले दिन सकेनौ,
महादेव प्रविधि सग खेल्न सिक प्राबिधिक भैसक्यो युग ।।
सुचित्रा श्रेष्ठ (अधक्ष्य- निर्देशक समाज नेपाल तथा संचारकर्मी)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस