काठमाडौँ-किन हाम्रो समाजमा नारी मान्छेले सम्मान पाउदैन । के नारी मान्छे हैन ? मन हुदैन नारिको ? किन गर्छन दुनियाँले नारी मान्छेको चरीत्र हत्या ? हुन त चलेको रित भएर त होला नारिहरूले आमाको गर्भदेखि नै अन्याय र अत्याचार भोगिरहेका हुन्छन ।
जोत्ने खेतवारि नभैदिएको भए खाना काहा पाईन्थ्यो होला । त्यस्तै सृष्टिकर्ता नारी नहुने हुन कहाँबाट जन्म हुने थियो होला । म भन्छु पुरुष को हुन ? हुदा खादा रहदा मोज मस्तिमा गर्ने छुट्टिदा फालेर हिड्ने जात हो । मलाई सोध्लान पुरुष बिना पनि त सृष्टि सम्भब छैन । हो म स्वीकार छु । सबै पुरुष सबै नारी एउटै हुँदैनन हुदैन पनि ।
वियोगमा थपडी बजाउन सक्ने पुरुषलाई के मर्दको संज्ञा दिनु । जिउडाल हेर्दै खाईलाग्दो हुदैमा पनि त्यो पुरुष हुदैन । उसको ब्यवहार पनि त चोखो हुनु पर्छ । देखेकी छु मैले कैयौ त्यस्ता पुरुष परस्त्रीसंग मस्ती गर्ने,नानाथरी नाटक गर्ने,अंगालो मार्दै हिड्ने,तिनै पुरुष पानी माथि ओभानो बन्न घरकी सोझो महिलालाई थर्कमान पार्ने । सबैलाई मैले जोड्ने कोसिस गरेकी पनि छैन जोडेकी पनि छैन । पहेलो देखिने जति सुन हुँदैन । छन केही पुरुष जसले गर्दा समाजमा नै गनाईसकेका छन उनलाई अझै पत्तो छैन ।
चरित्रहिन बेष्या पुरुष ?
सद्भाव सत्कर्म गर्न सबैले सिक्दा केही फरक पर्दैन । जवानिको मात देखाउने अनेक चरित्र केलाउदा फरक पर्ला जस्तो मलाई लाग्दैन । म पनि अनपढ त छैन थोरै लेख्न र बोल्न जानेकी छु । तातो,चिसो,तितो,अमिलो,पिरो,मीठो,नमिठो छुट्याउन त जानेकी छु । मैले घमण्ड गरेकी पनि हैन । घरमा टाउको लुकाएर बाहिर बादसाह बन्ने पनि पुरुष छन । हुन त हाम्रो समाज हिजो देखि त्यसरी नै चलेको छ । धनको घमण्ड गरेर हिडने पनि कति छन । सबै धनले पुग्ने भए अरबपती,खरबपती त कति छन कति संसारमा । तर धनको घमण्ड गरेको सुनेकी छैन । लाख देखाएर काख खेलाउने पुरुष धेरै भेटेकी छु । जसका अर्धाङीनि घरमा छन । अरुको कुरा गर्नु भन्दा पहिले सोचेर बोल्नु जायज लाग्छ मलाई । जहाँ अधिकार छैन जहाँ आफ्नो औकात पुग्दैन त्यहाँ कुरा गर्नु बेकार हो । अन्ततः जसले अरुको जरो खन्छ टीका-टिप्पणी गर्दै हिड्छ त्यो मान्छेले आफुलाई सभ्य ठानेको हुन्छ । जो दुनियाँको अगाडि गिरेको उसले पत्तोसम्म पाएको हुदैन । जसलाई दुनियाँले चिनेको हुन्छ मैले बेलिबिस्तार लगाउन पनि आवश्यक देखिन । घरमा अनेक बाहाना बाजि लगाएर क्लब,डान्स,बार,क्यासिनो धाउने रक्सिको मात चडेर नौटंकी देखाउने पुरुष यो समाजको लागि महान । उफ,त्यस्ता पुरुषलाई हामी नारिले देवता भनेर पुज्नु । सबै पुरुष बिग्रेका पनि हुदैन । पुरुष पनि त गलत छन तर लुकाउछन नारी माथी औंला उठाउछन । गलत नारी हैन तिनै पुरुषले भनेर गलत बनाईएकी हुन नारी । तर स्वीकार गर्दैन हाम्रो समाज बेश्या पुरुष भनेर ।
बेश्या नारी हैन ?
हाम्रो नेपाली समाजले अझै काचुली फेरेको छैन । हिजो मैले किताबमा जस्तो पढेको छ आज पनि उस्तै भोगेकी छु । हिजो पनि त सति सत्ययुगमा चितामा जलेकी त हुन नारी । कठै ती अभागी नारी ! हामी त भाग्यमानी नारी हु । तर अझै गर्न बाकी पनि छ । मान्छेलाई समयले बनाउछ गिराउछ । मान प्रतिष्ठान सबैको हुन्छ । खान लागाउन नहुदैमा गरिब हुँदैन मान्छे । एक छाक टार्दैमा धनी हुदैन मान्छे । नाकमा फुलि,रातो कुरता सरवाल देख्न नसक्ने कति छन पुरुष । हाम्रो समाज कति नारी छन तिनै पुरुषबाट अपहेलित भएकी,घरबाट निकालिएकी,आगो लगाएर अंगभंग भएकी । बाच्न, जीवन जिउन अरुको सरणमा गएकी छन । तिनै नारिलाई बेश्या भन्दै हिड्ने । मान्छेका अनेक समस्या हुन्छन् । मान्छे जिउनको लागि अनेक बाहाना बाजि लगाएर ज्यानको दाउ पनि लगाएर हिडेको हुन्छ । स्वतन्त्र रूपमा बाच्न पाउने अधिकार नारिको पनि छ । एक छिन राम्रो लगाउदैमा,साथी भाईसंग बस्दैमा रमाइलो गर्दैमा सर्वस्व गुमाईसकेकी हुदैन । नारी बेश्या हैन । नारी बेश्या त तिनै नजाती पुरुषले बनाएका हुन । बाच्न पाउनु सबैको अधिकार छ । बिचरा नारिको के दोष ,के थाहा पुरुषलाई तिनीहरुलाई पीडा केछ भनेर । चरीत्र हत्या हैन । सम्मान गर्न पनि सिक्नु पर्छ कति पुरुषले त ! यति अझै बुझ्न जरुरी छ । बोल्नु भन्दा पहिले सोच्नु पर्छ । नारी पुरुष समान हुन ताकी एकले अर्काको मर्का बुझ्न जरुरी छ ।
(सिम्रन भट्ट एक कुशल साहित्यकार हुन)
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस