चुङ्गसाङ्गलि ,मेदीबुङ्ग,आँपगाछी,कचिड़े ,लोरिपा,आहाले, भुल्के मुनि हुँदै तमोर नदी बगेको जति पुस्ता भयो, ती गाउँ माथी बसोबास गरिरहेका नागरिकहरुले पानीको हाहाकार व्यहोर्नु परेको पनि त्यति नै पुस्ता भयो | हिमालबाट बगेर आएको स्वच्छ पानी तल कलकल बगिरहेको छ | माथी गाउँ बस्ति भने पानीको अभावले काकाकुल छ | त्यो स्नीग्ध पानी हेरेर प्यास मेटिएको अनुभूति गरिएको पनि त्यतिनै पुस्ता भयो |
कुम्मायक गाउँपालिकाका यासोक रानीगाउँ स्याबरुम्बामा पानी अभाव भए पछि अनेक बिकल्प र प्रयासहरु भए | त्यस क्षेत्रका राजनेता,सामाजिक अभियन्ता,प्राध्यापक,बौद्धिक बर्ग सबैले अनेक अनेक बिकल्प सोचे,प्रयास गरे ठाउंमा डेलिगेसन गए |
समय बित्दै जाँदा जंगलले बिस्तारै बिस्तारै बस्ति छोप्दै आयो | गाउँघरका साना तिना पानी पँधेरा पनि सुक्दै गए | पानी पिउन नपाएर विरक्तिएका कुम्मायकबासीहरु अन्यत्र बसाई सर्न थाले | गाउँ रित्तिने क्रम बढ्दै गयो | कुनै बेलाका सुन्दर बस्तीहरु खण्डहर बन्दै गए | यो अवस्थाबाट त्यस क्षेत्रका राजनैतिक,शैक्षिक र सामाजिक क्षेत्रका अगुवाहरु झन् आत्तिए |
बिकल्प खोज्दै जाँदा त्यस क्षेत्रबाट काठमाण्डौ आएर बसेकाहरुको सस्था यासोक क्षेत्र सरोकार समाजले यो समस्याको समाधानका लागि प्रयास गर्ने जिम्मा लियो | यसै समाजले २०६५ साल साउन ११ गते एउटा बैठक डाक्यो र पहिलो बुंदामा आङ्गसराङ्ग, माङ्गजाबुङ्ग,यासोक,स्याब्रुम्बा,रानीगाउँमा रहेको खानेपानीको समस्या समाधान गर्न पहल गर्ने निर्णय गर्यो |
समाजले खानेपानीको अनेक श्रोत र मुहानहरु खोज्यो तर पांच गाउंलाई पुग्ने सुहाउने कतै फेला पारेन र अन्तिम निष्कर्षमा तमोर नदीको पानी लिफ्टबाट तान्ने | यहि निर्णयलाई टेकेर त्यसै बर्ष भदौ ९ गते खानेपानी विभागमा समाजका अध्यक्ष देवेन्द्र लावतीको नेतृत्वमा डेलिगेसन पुग्यो |
त्यो समयमा खानेपानीको डीजी थिए अहिलेका निर्वाचन आयोगको सदस्य ईश्वरीप्रसाद पौडेल। पौडेलले डेलिगेसनमा सहभागीहरुको प्रस्ताब हेरेर पढेर छक्क परे र यस्तो पुरा नहुने दिवा स्वप्न नदेख्न आग्रह गर्दै डेलिगेसनलाई फर्काइ दिए | एकातिर खण्डहर बन्दै गएको आफ्नो बस्ति र अर्कोतिर काकाकुल झै छटपटिएका गाउँबासीको पीडा लिएर खानेपानी संस्था पुगेका अगुवाहरु डिजीको कुरा सुनेर केहि निराश भए तर हिम्मत हारेनन | सबैले आ-आफ्नै ठाउमा प्रयास गरि रहे |
यो समस्यालाई नेकपाका नेता तथा सभासद डम्बरसिंह सम्बाहाम्फेले जडबाटै बुझेका थिए र अभियानको नेतृत्व पनि गरिरहेका थिए | उनकै नेतृत्वमा २०६६ सालमा पाल्पामा अध्यन टोली गयो र लिफ़्टीङ सिस्टम बाट पानी तान्न सकिने कुरा पत्ता लगायो | त्यो अध्ययनबाट थोरै आशा उमारेका सम्बाहाम्फेले तात्कालीन सरकारको ध्यान आकर्षणमात्र गरेनन अब ०६७/६८ मा बैकल्पिक श्रोतका लागि खोज्न १७ लाख रुपैयाँ समेत छुट्याउन सफल भए तर श्रोत खोज्न नसके पछि त्यो रकम फ्रिज भयो |
अनेक असफलता,असहयोग र कठिनाइ भैरहे तर पनि ‘कुम्मायकबासीको खानेपानी सपना’ लाई सिंगो टीमले साकार पर्ने अठोट लियो | सभासद सम्बाहाम्फेले फेरी पहल गरेर र ०६८/६९ मा सरकारले सर्भेका लागि १ करोड रुपैयाँ छुट्यायो भने
०७०/७१ मा योजना स्वीकृत गर्यो र यसै आयोजनाका लागि ५२ करोड रुपैयाँ बिनियोजन गरि टेण्डर प्रक्रियामा अघि बढ्यो |
यसरि शुरु भएको तमोर पम्पिङ खानेपानी आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ | उपभोक्ता समितिका अनुसार आयोजनाको काम ९५ प्रतिशत सकिएको छ । तमोर नदिको सतहदेखि कुम्मायक रिजर्भ टैङ्किसम्म १४५८ मि उचाइ र लम्बाइ ९०७८ मिटरमा रहेको निर्माणाधीन पम्पिङ खानेपानीको सफल परिक्षण गरिएको छ ।
प्रती सेकेन्ड २२ लिटर भन्दा बढी पानी पहिलो लिफ्टसम्म पुगेको कुरा उपभोक्ता समितिका उपाध्यक्ष मेघराज निरौलाको भनाइ छ ।
यो योजना लगभग अब अन्तिम चरणमा पुगेको कुरा संघीय खानेपानी तथा ढल ब्याबस्थापन आयोजना यासोक कार्यलयका साइट इन्चार्ज ज्ञानु रिजाल बताउनछन् | खानेपानी आयोजनाको सफलताले बसाई सराइ रोकिने र त्यस क्षेत्रको उत्पादकत्व बढ्ने ब्याबसायी मनोज सम्बाहाम्फेको भनाइ छ
आयोजनाले कुम्मायक गाउपालिकाका १, ३, ४ र ५ न, वडालाई प्रत्यक्ष लाभ पुग्ने छ | सरकारको अनुदान र स्थानीय जनश्रमदानमा कुल ५१ करोड ३०लाख रुपैयाँ भन्दा बढी लागतमा यो योजना सम्पन्न हुन लागेको कुरा यासोक क्षेत्र सरोकार समाजका सचिब बिन्देश्वर खनाल बताउनछन् |
कुम्मायक गाउपालिकाका ४३ सय घरधुरीले असोज पहिलो हप्तामा पानी पिउन पाउने आशा गरिरहँदा खानेपानी समस्या समाधानका लागि अहोरात्र खटिरहने तात्कालीन सांसद डम्वरसिं सम्वाहाम्फे,देवेन्द्रप्रसाद लावती , विन्देश्वर खनाल नरबहादुर खड्का,भवानी निरौला, पदम फ़ेउदिन,पदम खतिवडा, दिल लावती,ईन्जिनियर नन्दवहादुर खनाल,गणेश थापा,विपिनराज निरौला,विकेन्द्र दीप बीसीको विशेष भूमिका सँधै स्मरणीय रहिरहनेछ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस