सानै थिएँ
टाउको पनि सानै थियो
रहरै त हो एकदिन
टाउको भन्दा साविक ठुलो
‘बा’को टोपी लगाएँ
आंखा र कान छोपिएर
नाकको डिलछेऊ टोपी आईपुग्दा
ह्वास्स गन्हायो
अनि कतै मिल्काई दिएँ
किन किन मलाई त्यो गन्ध
फिटिक्कै मन परेको थिएन !
*** ***
आज धेरै पछाडि
यो उखरमाउलो गर्मीसंगै
कतै बिरानो देशमा
श्रम खेप्दै पसिना बगाईरहंदा
आफ्नै टोपीले पसिना पुछें !
उहि गन्ध महशुस भो
अनि सम्झिंए ‘बा’ को टोपी
अहो,त्यो टोपी भित्र
कति कथाहरु थिए होलान्
सन्तान हुर्काउनका लागि
शायद ‘बा’ ले त्यो टोपीमै
रगत र पसिना बगाएर
कति हिऊद र बर्खा बिताए होलान्
ऊफ् !
*** ***
अहिले जब बुझ्ने भएँ
न त ‘बा’ रहनु भो न ‘बा’ को टोपी नै
रह्यो त केवल उहि धुमिलो याद
पसीनाको सुगन्ध बनेर..!
(संसारका महान बुबाहरुप्रति समर्पित)
कवि ‘साइँला’ मानवीय समवेदनालाई रङ्ग र शब्दमा केलाउने कलाकार पनि हुन )
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस