काठमाडौं । युवा साहित्यकार भीष्मराज फुलाराव्दारा लिखित उपन्यास ‘टुहुरो कुण्डली’ अंग्रेजी संस्करण ‘ओरपान हरस्कोप’को शुक्रबार अनामनगर चौक मूल सडकबाटै लोकार्पण गरिएको छ । लोकार्पण समारोहमा समाजका प्रतिष्ठित ब्यक्तित्व नेपाली साहित्य फाँटका प्रतिभाशाली लेखक, चलचित्रका दिग्गज कलाकर्मीहरुबाट सामुहिक रुपमा एकैसाथ महंगो चारतारे होटेल देखि बिभिन्न सभागृहहरु र अन्य ठाउँबाट बिमोचन गर्ने पुराना परिपाटीलाई थाँती राखि आम जनसमुदायलाई सन्देशदिने हेतुले ‘फुलारा लिट्रेचर फाउण्डेशन नेपालको आयोजनामा अनामनगर मुल सडकमा पुस्तकको लोकार्पण गरिएको थियो ।
बिमोचन कार्यक्रममा जेष्ठ नागरिक, बरिष्ठ पत्रकार तथा समाजसेवि भैरब रिसाल, बरिष्ठ ब्यक्तित्वहरु मोहन बहादुर के.सी., ईन्जिनियर दुर्गा वस्थी, स्वास्थ्यकर्मी प्रदिप रिमाल, बृत्तचित्र सम्पादक मान बहादुर थापा, उपप्राध्यापक तथा समालोचक ज्ञाननिस्ठ ज्ञवली, पुस्तक अनुवादक रिषी नौपाने, लगायत दर्जनौ लघुप्रतिष्ठित ब्यक्तित्वहरु तथा सयौं संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार तथा समाजसेवि भैरब रिसालले साहित्यकारहरुले सामाजिक तड्क भड्क र महंगोमा पुस्तक लोकार्पण गर्ने परिपाटीलाई छिचोल्दै युवा लेखक फुलाराले जिरो ब्यालेन्समा पनि पुस्तक बिमोतन गर्न सकिन्छ भन्ने सन्देश आम नागरिकहरुमा दिन सकेकोमा गौरवान्दित महशुस गरे र युवा लेखक फुलाराको नयाँ कदमको तारिफ गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरे ।
त्यसै गरी उपप्राध्यापक तथा समालोचक ज्ञाननिस्ठ ज्ञवालीले चर्चित युवा साहित्यकार फुलाराले जुन किसिमको साहित्यमा योगदान दिईरहेका छन् उक्त कार्य युवा वर्गको लागि उदाहरण तथा प्रशंशनिय रहेको बताए । नेपाली साहित्यको बिकासका लागि अंग्रेजीमा अनुवादित यो पुस्तकले पाठकहरुलाई समाजमा यथार्थ घट्ना, परिघट्ना र समाजले भोग्नु पर्ने पिडाँलाई उतारेको चर्चा गरे ।
त्यसैगरी ‘टुहोरो कुण्डली’ पुस्तकका अनुवादक रिषी नौपानेले पुस्तकमा भौगलिक आञ्चलिकता रहेको र समाजले भोगेका मानविय घट्नालाई यथार्थ रुपमा चित्रण गरेको बताए । यो पुस्तक मानविय करुणारसले भरिएकोले आफुले अंग्रजीमा अनुवाद गर्न पाएकोमा खुशी ब्यक्त गरे । नेपाली साहित्य इतिहासमा सम्भवत पहिलो पटक मूल सडकबाटै पुस्तक बिमोचन भएकोमा नयाँ शैलिको प्रयोग र फरक जनसमुदायमा उदाहरणीय रहेको भन्दै युवा लेखक फुलारालाई धन्यवाद सहित बधाई ज्ञापन गरे ।
त्यसैगरी युवा उपन्यासकार तथा फुलारा लिट्रेचर फाउण्डेशन नेपालका अध्यक्ष समेत रहेका भीष्मराज फुलाराले आफु बाँचेको समाज र समयलाई चित्रण गर्दै तीन वर्ष लगायर उपन्यास तयार पारेको बताए । सामाजिक संवेदना स्खलीत हुँदै गएको आजको विश्व परिवेशमा उपन्यासले करुणा, दया मायाँ, सद्भाव र सहानुभुति जस्ता संवेदना उठान गरेर लेखेको हुनाले पाठकहरुलाई एकचोटी अवस्य पढेर प्रतिकृया दिन आग्रह गरे । फुलारा लिट्रेचर फाउण्डेशन नेपालले बजार ब्यबस्थापन सम्हालेको यो पुस्तकको मूल्य ५५० रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस