काठमाडौँ-वरिष्ठ मानवशास्त्री प्राध्यापक डोरबहादुर विष्टको विश्वप्रसिद्ध कृति ‘फ्याटालिज्म् एण्ड डेभलपमेन्ट’ नेपाली भाषामा प्रकाशित भएको छ ।
वरिष्ठ पत्रकार वसन्त थापाले ‘भाग्यवाद र विकास’ नामदिएर सो पुस्तकलाई नेपालीभाषामा अनुुवाद गरेका हुन् ।
विष्टको ९३औँ जन्मोत्सवको अवसरमा कर्णाली इन्स्टिच्यूूट र त्रिभुवन विश्वविद्यालय, मानशास्त्र तथा समाजशास्त्र केन्द्रीय विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा वरिष्ठ मानवशास्त्री बिहारीकृष्ण श्रेष्ठले सो पुस्तकको सार्वजनिकीकरण गरे ।
पुस्तकमा नेपालको विकासमा असर पार्ने समाजका सांस्कृतिक तथा सामाजिक सङ्गठनका आयाम, मुुलुकको भूू–राजनीतिक अवस्था, यहाँका जात र प्रथा, परिवारिक संरचना र बाल्यकालको सामाजिकीकरण तथा मूल्य प्रणाली एवं व्यक्तित्वका तत्वहरु समेटिएका छन् ।
नेपालको राजनीति र सरकार, शिक्षा क्षेत्र, विदेशी सहायता र विकासका बारेमा यथार्थपरक ढङ्गबाट विषयवस्तु प्रस्तुत गरिएको उक्त पुुस्तक देशमा मात्र होइन विदेशमा पनि विकासका जटिल र सुष्म समस्याका कारक तत्व पहिचान गर्ने दिग्दर्शनका रुपमा ख्याति पाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुुलपति डा जगमान गुुरुङले कुनै समुुदाय विशेषका कारण नभई नेपाली समाजमा राष्ट्र र राष्ट्रियताप्रतिको समर्पण र कर्तव्यवोध कमजोर भएकाले विकासको गतिविधिमा भएको बताए ।
मानवशास्त्री श्रेष्ठले मुुलुक विकासको लामो यात्राका लागि अनुुवाद गरिएको भाग्यवाद र विकास पुुस्तक प्रस्थान विन्दुुको मुहान हुने धारणा व्यक्त गरे ।
कृतिका अनुुवादक थापाले परिचयसहित आठ अध्यायमा समेटिएको कृतिको मूूलभाव र भाषालाई सकेसम्म उस्तै ढङ्ग र शैलीमा अनुुवाद गर्न निकै ठूलो प्रयास र जमर्काे गरिएको बताए ।
प्राडा रघुुवीर विष्टले विचारलाई जीवन पद्धतिमा ल्याएर परीक्षण गर्ने व्यक्तिका रुपमा रहनुुभएका मानवशास्त्री डोरबहादुर विष्टले मानव विकासलाई विकासको केन्द्र विन्दुुमा राखेर योजना बनाउनुपर्छ भन्नेमा दृढ मत अघि सार्नुुभएको स्मरण गरे ।
समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जुङले समाजको विकासमा योगदान दिन चाहनेले अब मन्दिर र शिवालयमा नभई शिक्षालयमा लगानी गर्न सुझाव दिए । आजभन्दा २५ वर्ष अघिदेखि कृतिको अनुुवादको थालनी गरिएको भए पनि जुुम्लाबाट मानवशास्त्री विष्ट काठमाडौँ फर्केको घटनाले प्रकाशनमा ढिलाइ हुन पुुगेको सो अवसरमा जानकारी गराइयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस