काठमाण्डौ-युवामा देशभक्तिको भावना जगाउँदै सकारात्मक सोच विकास गर्न टोखास्थित न्हुजः खलः (नयाँ किरण समूह) को ‘बन्दै छ मेरो देश, सहभागिता मेरो पनि’ भन्ने मूलभावमा राष्ट्रिय यूवा कविता प्रतियोगिता आयोजना गर्दैछ।
‘समृद्ध नेपाल सुखी नेपाली’मा विश्वास गर्ने देशभरका युवरुलाई आफ्ना भावना शब्दहरुमा उनेर कविता सम्प्रेषित गराउन उक्त आयोजना गरिएको हो।
आगामी फागुन ११ गते हुने प्रतियोगितामा देशभरका ४० वर्षमुनिका युवाबाट यही माघ २५ गतेभित्र कविता आह्वान गरिएको समूहका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका छन। कविता देशभक्ति भावना, राष्ट्रिय एकता, समृद्ध देश निर्माणका योजना र सकारात्मक भावना सम्प्रेषण गर्ने विषयवस्तुमा केन्द्रित हुनुपर्नेछ। देशभरबाट सम्प्रेषित कवितामध्ये निर्णायक मण्डलबाट छनोट भएका १०० कविलाई काठमाडौँमा आमन्त्रण गरिनेछ। देशभक्ति भावनामा कलम चलाउने १०० कविको समूह टोखा नगरपालिकाका स्थानीय १५० युवा समाहित गरी फागुन १० गते एक दिवसीय ‘राष्ट्रिय युवा कार्यशाला’ आयोजना गरिनेछ।
युवामा सकारात्मक भावनाको अभिवृद्धि गराउने र देशको अवस्था जानकारी गराउने हेतुले कार्यशालामा देशका विशिष्ट विज्ञबाट ‘युवाको अधिकार र कर्तव्य’, ‘नेपालमा भौतिक विकासको अवस्था’ र ‘नेपालको भविष्य’ गरी तीन शीर्षकमा कार्यपत्र प्रस्तुत हुनेछन् भने युवाले प्रत्यक्ष अन्तरक्रिया गर्नेछन्। तत्कालीन टोखा चण्डेश्वरी-२ (साविक टोखा नगरपालिका वडा नं २) मा न्हुजः पुस्तकालयको स्थापना गरिएको थियो। जनतामा जागरण पैदा गरी जनतालाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउने हेतुले स्थापना भएको न्हुजः पुस्तकालयको उद्घाटन तत्कालीन स्थानीय जनप्रतिनिधि स्व पद्मरत्न तुलाधरबाट विसं २०४१ साल भदौ १ गते भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस