काठमाण्डौ-सन् २००० मा संयुक्त राष्ट्रसङ्ले ‘अन्तराष्ट्रिय मातृभाषा दिवस’को रुपमा मनाउने घोषणा गरेपछि विश्वभर मातृभाषा दिवस मनाइदै आएको छ। बङ्गलादेशमा भने प्रत्येक वर्ष आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ।
मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा ‘राष्ट्रिय मातृभाषा महोत्सव’को आयोजना गरेको छ। राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले आफ्नो मातृभाषाको कविता वाचन गरेपछि कार्यक्रम शुरु भएको थियो। महोत्सवमा विभिन्न मातृभाषाका ६५ कविता प्रस्तुत गरिएको थियो। संस्कृत, बाम्बुले राई, अवधि, अठार मगर खाम, आठपहरिया, उर्दू, उराँव, काइके मगर, किसान, कुमाल कुलुङ, केवरत, खस, खालिङ, गुरुङ, घले, जिरेल, चाम्लिङराई, छन्त्याल, डङ्गौरा थारु, डोड्याली, ढुट मगर ताजपुरिया, तामाङ, तीन गाउँले थकाली, थामी, थुलुङ, दनुवार, दुमी भाषामा कविले विभिन्न खाले कविता प्रस्तुत गरेका थिए। यस्तै दुरा, देवास राई, धिमाल, नाछिरिङ, नेपाल भाषा, पुमा राई, पूर्वी थारु, बज्जिका, बान्ताना राई, बाहिङ, बुड्लावा राई, ब्याँसी, भोजपुरी, मगही, माझी, मुगाल, मेवाहाङ, मैथली, याक्खा, राजवंशी, राना थारु, वाम्बुले राई, लिम्बू, लोवा, शेर्पा भाषाका कविता वाचन गरिएको थियो।
विभिन्न जातजातिले आफ्नो सांस्कृतिक पहिचानसहितको झाँकी, नृत्य तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल भाषा, कला संस्कृतिले समृद्ध देश भएको बताए। पोखरेलले पूर्खाले बसालेको एकताको जगलाई जोगाइ राख्न नयाँ पुस्ताले थप मेहनत गर्नुपर्ने र फरक भाषा र फरक धर्म मानेको भरमा कसैले कसैलाई विभेद् गर्न नपाइँने धारणा राखेका थिए। पोखरेलले भाषा, कला, संस्कृतिसँग सम्बन्धित कार्यक्रमलाई राजधानीमा मात्र केन्द्रीत नगरी देशैभर सञ्चालन गर्न सुझाव दिएका छन्।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले नेपाल भूगोलमा सानो भए पनि भाषा र संस्कृतिका हिसाबले समृद्ध भएको बताए। “एकले अर्को भाषा, संस्कृतिलाई स्वीकार गर्न मद्दत मिलोस् भन्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको र सरकारले अघि सारेको समृद्धिको नारालाई साकार रुप दिन भाषा, कला र संस्कृतिको महत्वपूर्ण योगदान हुने बताए। नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले मातृभाषाको प्रयोगको महत्वलाई उजार गर्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताएका थिए। भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले मातृभाषा सङ्कटमा परिहेको बताउँदै मातृभाषामा विद्यार्थीको सिकाइ कमजोर बन्दै गइरहेको बताए।
प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले मातृभाषालाई छोडेर अन्य भाषाको सिकाइ र प्रयोगमा ध्यान दिँदा मातृभाषा प्रयोग गर्ने घट्दै गइरहेको बताए। प्राज्ञ परिषद् सदस्य तथा कार्यक्रम संयोजक लक्ष्मी मालीले मातृभाषाकै प्रयोगका कारण विगतमा कतिपय व्यक्तिले दमन सहनु परेको स्मरण गर्दै मातृभाषा साहित्यको विकासका लागि पर्याप्त खोज, अनुसन्धान गर्नुपर्ने बताईन।
मातृभाषा विभागका प्रमुख योगेन्द्र यादवले बसाइँसराइका कारण पनि मातृभाषा लोप हुँदै गएको जिकिर गर्दै मातृभाषाको प्रयोगमा ‘जागरण’ ल्याउनुपर्ने धारणा राखेका थिए। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति के के कर्माचार्यले भाषा संस्कृतिको संरक्षणका लागि कानूनमा जेजस्ता कुरा लेखिए पनि व्यवहारमा लागू हुन नसकेको बताए। प्रतिष्ठानका सञ्चार संयोजक शशी लुमम्बुले मातृभाषाको संरक्षण र संवद्र्धन गर्न प्रदेश र स्थानीय सरकारले समेत विशेष ध्यान पु¥याउनुपर्ने बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस