ललितपुर-टोखा नगरपालिकास्थित न्हुज खलः ले आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका छन्। आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो। प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरेका थिए।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो। प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए। तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो।
सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको विचार व्यक्त गरेका थिए। “प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ र युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ।”उनले भने।
प्रतियोगिता निर्णायक मण्डलका संयोजक साहित्यकार श्यामलले प्रतियोगितामा भाग लिएका ६० प्रतिशतका कविता पूर्ण रुपमा कविता बनिनसकेको बताए। “धेरै कविता भर्खर सिक्न लागे जस्ता छन्”, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका श्यामलले भने। “सिक्ने प्रयास गर्नु सकारात्मक पक्ष हो, मेहनत गरेमा भविष्य उज्ज्वल छ।” श्यामलले कवितामा पुरानै विषयवस्तु हावी भएको पाइएको बताउँदै प्रकृति, मानवशास्त्र र विश्वजगतको अध्ययनका साथ कवितामा मौलिकता र नयाँपन दिन कविहरुलाई आह्वान गरेका छन्।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले कविताले छिट्टै मानिसलाई आकर्षित बनाउने बताउँदै अझ छन्द लयमा लेखिएका कविताले मानिसको मानसपटलमा राम्रो प्रभाव छाड्ने विचार राखेका थिए। सो अवसरमा रु ५० हजार र सम्मानपत्रका साथ न्हुज प्रगतिशील साहित्य पुरस्कार पूर्ण वैद्यलाई प्रदान गरिएको छ। संस्थाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाज सुधारमा युवा वर्गलाई आकर्षण गर्ने उद्देश्यका साथ विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस