के हो यो कोरोना कसोगरि भयो के कारणै भो भनी ।
यकिन यही हो भनेर भन्न अहिले सक्दैन कोही पनी ।।
कहिले यो बनियो के बाट बनियो उत्तर दिशा चिनमा ।
खडा हुन गयो यो विश्वभरमा मानव जीवन लिनमा ।।
चिन देशको यूआन शहर विचमा कोरोना जन्मियो भनी ।
भन्छन् आज त यहाँ ति विज्ञ जनले सुन्छौं सबै छक बनी ।।
मासु,सर्प,चमेरो बाट यसको उन्पन्न भो यो भनी ।
पाईयो भन्छन् कोही लोकहरुले शालक पशुमा पनी ।।
बिकसित देशहरु सबै थरथरी काम्दै बसेका छन ।
बालक,वृद्ध,यूवा हजारौं दिनहुँ नोक्सान भएका जन ।।
धनी गरिव केही भनेन यसले चिनेन नेता पनी ।
स्वास्थ्य कर्मी पनि खुरुखुरु गए यस्को आहारा बनी ।।
बालक वृद्ध र दिर्घ रोगी हरुमा पहिलो प्रभाव पर्छरे ।
कोही भन्छन् छुत रोग हो छोएपछी हावाबाटै सर्छरे ।।
एकान्त गई वास वस्नु परने नाम क्वारेन्टाईनँ ।
नेपाली सव्द कोषमा त मैलै यो नाम कतै पाइनँ ।
छुवाछुत भएका ति शंकितहरु वस्ने आईसोलेशन ।
नेपालमा पनि आजसम्म रोगीको संख्या बढ्यो दिनदिन ।
लकडाउँन भनि भन्दछन् सबजना भो बन्दाबन्दी सव ।
प्यारो ता मोवाईल छदैथियो अघि झन् प्यारो भै गो अव ।।
रोजीरोटी सबै त बन्द हुन गो ओठमुख सबैका सुके ।
देश–देशमा हजारौं मरे भनिकनंै रेडियो टिभीले फुके ।।
स्वास्थ्य कर्मी,सुरक्षा कर्मी इनमा कामको ठुलो भारछ ।
रोगको कारणले त्रसित छ दुनिया सवमा बहुत मारछ ।।
भोली के छ हुने कति यो रहने कस्तो हुनेहो हरे ।
विदेशमा कतिका छोराछोरी हुदाँ चिन्ता बहुतै परे ।।
बाबु मर्छकी रोगी हुन्छकी अव घरमा कहिले आउला ।
ईश्वरलाई पुकार्दछन् घरी घरी मुख देख्न काँ पाउँला ।।
कती मरिसके विदेश विचमा काममा गएकाहरु ।
घरमा सव बहुतै विचल्ली छ हरे † बर्णन कसोरी गरूं ।।
सरकारको जुन आदेशै छ उसको पालन सबैले गरौं ।
चुपचाप बस्नु सिवाय छैन अरुकेही ईश्वर भरैमा परौं ।।
खानु घिउ कुमारी खानु अनिफेर तुलसीका पातहरु ।
गुर्जो अदुवा अनित खानु सवले कागतीको रसहरु ।।
पुराना ऋषी मुनीले यहि कुरा बताईएको पाईयो ।
सादा–स्वच्छ जीवन जोगाएर बसौं विशेष के चाहियो ।।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस