भोजपुर जरायोटारमा सामान्य परिवारमा जन्मेको लोकेन्द्र राई “सिलीङ्गटारे” राष्ट्रसेवक भई कंगोमा पुग्ला भन्ने चाउरी परेका बाले कहिले सोचेका थिएनन् ।
रानीटारको प्रा. वि. मा अध्यापन गरीरहेको मान्छे एक्कासी राष्ट्रसेवक हुने सुरमा मालवासे डाँडामा दौडिन्छ । खानालाई त बाले दुख गरेर खुवाएकै थिए ।
उमेर बढदै गएपछि बाले आफूहरुलाई गरेको संघर्षको कथा सम्झेर पनि जेठो छोरो भएको नाताले थाङनाको भकुण्डो खेल्दैं बुढो हुन उनलाई मन लागेन । हुर्रिए देशको माटो सुम्सुम्याउन ।
पहिले निरोगि थिएँ, अहिले रोगी भएँ
पहिले सम्पन्न थिएँ, अहिले जोगी भएँ।
उनले मान्छेलाई सहज चिनेका छन् यसरी ओकल्छन् मानिसभित्रको मान्छेलाई ।
फलेको मान्छे, नुहेको हाँगा जस्तो देख्छु
नफलेको मान्छे, हान्ने राँगा जस्तो देख्छु।
उनी आमाको अभावमा पनि बाको काखमा खेल्दै, काँधमा लात हान्दै हुर्किएको सिलङ्गिटारे परदेशबाट बालाई यसरी संझिन्छन् ।
तिमी शहरमा पुग्यौ, मँ जंगलमा गोठालो गर्दैछु।
तिमी महलमा बस्छौ,मँ गाँउमा खेतालो गर्दैछु।
उनी आफनो आमालाई यसरी संझिन्छन् गजलमार्फत ।
जिन्दगिमा खोट लाग्न कस्ले सरापि दियो
अकालमा लैजाने काल कस्ले झारि दियो ।
ईश्वर, भगवान जपेर किन पुजा गर्ने यहाँ
एक्त्तिसै बर्षमा मेरो आमा किन मारि दियो।
चार महिने बालक सहित सबैलाई छुटाएर
बेला नभई टुहुरा-टुहुरी किन पारि दियो।
यदि नियम सबैलाई उस्तै-उस्तै हो भने
के बितेको थियो र धरातल नै सारी दियो।
कसैलाई खुशी,सुखी जिन्दगानि बनाई दिने
कसैलाई कुबेला चिहानमा किन पछारि दियो।
शान्तिसेनाको रुपमा कार्यरत ‘सिलङ्गिटारे’ यतिबेला कंगोमा छन् । गजल लेखनमा उनी अब्बल छन् । हटपाटीको लागि ‘ऐश्वर्य श्रेष्ठ’ले उनीसँग सिर्जनाको कुरा गरेका छन् ।
१.हाल कहाँ हुनुहुन्छ ? के मा ब्यस्त हुनुहुन्छ?
धन्यबाद ऐश्वर्य जि…. हाल म दक्षिण अफ्रिकाको , कङ्गो देशमा शान्ति कार्यमा छु । लक डाउनले गर्दा सम्बन्धित् काममा बाधा पुगिरहेको छ । अनि फुर्सदको समयमा आराम गर्नु,पढ्नु,लेख्नुमा नै समय बितीरहेको छ ।
२. कङ्गोमा नेपाली सामुदाय पनि छन् ? भए के,कत्ति छन् ?
कङ्गो प्राकृतिक सँरचनाले भरीपुर्ण भएको हुनाले , यहाँ प्रशस्त चियाको उत्पादन कम्पनिमा कार्यरत नेपालीहरुसँग पातालै सँख्यामा भेट भएका छौ , जसमा हामी जाने,आउने अवलोकन गर्ने भई रहेको छ।
३.कोरोनाको खबर के-कस्ता छन् ?
अन्य राष्ट्रहरु भन्दा मर्ने र सँक्रमित हुनेहरुको सँख्या कमि छन् । यहाँ खटिएका व्यक्तिहरुलाई सँक्रमण भएको छैन ।
४. तपाई सिर्जनशील मान्छे कतिको सिर्जना गरीरहनुभएको छ ?
सिर्जनशिल व्यक्ति चाहिँ भैहालेको छैन । यसो रहरमा सिक्दैछु । बेला-बेला लेख्दैछु ।
५. विशेष त तपाई कुन विधामा कलम चलाउन सहज ठान्नुहुन्छ ?
त्यस्तो खास विधा छानेको छैन, थोरै-थोरै सबै विधामा लेख्छु, अलिक धेरै गजल लेख्छु ।
६. गजलहरु धेरै लेख्नुहुन्छ संग्रहको रुपमा निकाल्ने सोचमा हुनुहुन्छ कि ?
भरतपुर चितवानबाट बार्षिक रुपमा प्रकाशित भईरहेको संयुक्त गजल सँग्रह “हैसियत” मा २०७१ सालदेखि हालसम्म निरन्तर केही गजलहरु प्रकाशित हुँदै आएका छन् , यसका अध्यक्ष पुष्प अधिकारी अञ्जलि हुनुहुन्छ र म आजिवन सदस्य छु ।
७. तपाईको सिर्जनामा गाउँको परिवेश बढी आउँछन् परदेशमा घरदेशको माया के धेरै हुँदोरहेछ ?
आफ्नै देशमा या जुनसुकै देशमा पुग्दा वा नपुग्दा जन्मभुमिलाई निरन्तर माया गरिरहनु नपर्ने रहेछ , किनकि माया नगरेको कुनै समय नभएर । लेख्ने क्रममा घरदेशलाई शिरोपर उच्चो ठान्दै लेखिदोरहेछु ।
८. विश्वभर फैलिएर रहेका हटपाटीका पाठकलाई के भन्नुहुन्छ ?
हुन त म पनि पाठक नै हुँ र पनि अहिलेको सन्द्धर्भमा भन्नू नै कोरोनाको महामारी छ । यो सबै भन्दा सानो जिवाणु हुनाले त्यत्ति सार्है आत्तिनु पर्ने स्थिती छैन तर सुरक्षित रहि रहनु अत्ति जरुरी छ । नआत्तिनु, नडराउनु तर चिकित्सक र सरकारको नीति पालना गरिरहनु पर्छ ।
९. अन्तिममा भन्नै मन लागेको कुराहरु केही छन् भने , भनी दिनुहोस् न ?
समाजको आँखाको ज्योत्ती भन्नू नै साहित्य सिर्जना हो, जस्ले जुन विधामा लेखे पनि , नलेखे पनि , जो-जो, जहाँ-जहाँ पुगेर दाम र ज्ञान कमाए पनि , नकमाए पनि आफ्नै जन्मस्थान् फर्किएर जानेको , सकेको सदुपयोग गर्नु सबैमा अनुरोध गर्दछु , किनकि मानिस स्वार्थमा नबाचोस् । सुख,सयल , मोज-मस्ति पाउँदा आफ्नै आमा , आफ्नै माटो , आफ्नै देश छोड्नु र भुल्नुहुँदैन् ।
उनका केही गजलहरु
फलेको मान्छे, नुहेको हाँगा जस्तो देख्छु
नफलेको मान्छे, हान्ने राँगा जस्तो देख्छु।
जे गर्न पनि तयार छन् शहरका मान्छेहरु
विकृति ध्यानमा रमाएको ज्यादा जस्तो देख्छु।
प्रदेश बाटा खबर पठाई रहदा प्रियसी संधै
विश्वासमा, गरिरहने माया,गाढा जस्तो देख्छु।
ढोका-ढोकामा खुशीको गणतन्त्र छाएर होला
जथाभावि जन-जनमा छाडा जस्तो देख्छु।
आमाको,कात्रोको निहुमा आम्दानि थप्दा पनि
भ्रष्टचारिको कहिले नभरिने भाडा जस्तो देख्छु।
*******************************
मन मिलिन्जेली प्रेम अत्याचार भयो
त्यहि प्रेम नमिले पछि बलत्कार भयो।
निरोगि भईन्जेलि कैयौ रात बिताकै हो
जब रोगी भए, अनि पानी बाराबार भयो।
धनी भईन्जेल झुट्टो खेति पनि सत्य भयो
गरिव भए, सत्यको अन्याय व्यवहार भयो।
मलाई फटायौ, अनि नया खोज्यौ, पायौ
बिचल्लीमा परे,कत्ता जाउ दोधार भयो।
धनी रोज्यौ,निरोगि भेट्यौ,जवानी रङ्गायौ
बधाई छ, तिमिलाई विजयको संसार भयो
***********************
जमिन फोर, सिचाई गर, कमाई पनि हुन्छ
मद्दत गर , सेवा गर, आफुलाई पनि हुन्छ।
ढुङ्गा-मुडाकै परिश्रम गरेर, दैनिक लगानि गर
पसिनाले साट्न जान्दा सुन, चाँदी पनि हुन्छ।
खोरिया फाँड,पर्खाल लगाउ,कम्बर कसेर
पहाड चाहे पहाड, तराई चाहे तराई पनि हुन्छ।
निरन्तर अध्यानले नया सीप सिक,जवानी अघि
सधै रोज बस्छ,मोज-मस्तिको रजाई पनि हुन्छ।
यो देशको भक्त हौ,ईज्जतमा श्रेणी कुन हुन्छ
त पनि हुन्छ,तिमी पनि हुन्छ,तपाईं पनि हुन्छ।
***********************
अरुण फर्काम् , सिचाई गरुम् आफ्नै गाँउमा
बिजुलि निकालुम्,उद्धोग खोलुम्,आफ्नै गाँउमा।
हिरा फल्छ,सुन फल्छ नङ्ग्रा खियाउनु सक्दा
असम्भव केही छैन,आजै लागुम् आफ्नै गाँउमा।
खुकुरी,तरबार,कुटो,कोदालो,हसिया बनाउदै
हलो काटुम्, बाबियो बाटुम् आफ्नै गाँउमा।
प्रकृतिक सँरचना हाम्रै खातिर तयार हुनाले
सगरमाथा हुदैन,कञ्चन् बाचुम् आफ्नै गाँउमा।
बिदेश बस्ने,बुद्धिजिवी सबै जन्मभुमि बोलाई
प्रयास गरुम्,बिकास खोजुम् आफ्नै गाँउमा।
लोकेन्द्र राई “सिलीङ्गटारे” हाल-कङ्गो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस