काठमाडौँ- छिमेकी चीनका राष्ट्रपति सी चीन फिङको ऐतिहासिक नेपाल भ्रमणको एक वर्ष पुगेका सन्दर्भमा नेपाल–चीन मिडिया फोरमले प्रकाशन गरेको पुस्तक ‘प्रेसिडेण्ट सी चीन फिङस नेपाल भिजिट : अ पिक्चोरियल गाइड’ आज सार्वजनिक गरिएको छ ।
सो फोरमले आयोजना गरेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको समाजवादी मुलुक चीनको कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव एवं राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा गत २०७६ असोज २५ र २६ गते नेपालको औपचारिक भ्रमणमा आउनुभएको थियो ।
नेकपा विदेश विभाग प्रमुख नेपालले चीनसँग भएका सम्झौतालाई नेपालले कागजीरुपमा मात्र नभई व्यावहारिकरुपमा लाभ लिन सक्नुपर्नेमा जोड दिँदै चीनलाई अझ विश्वासिलो र साझेदार मुलुकमा रुपमा लिनुपर्ने बताउनुभयो ।
बेल्ट एण्ड रोड इनिसियटिभ्स (बिआरआई) चीनको मात्र स्वार्थ नभई सिङ्गो मानव जातिको हितसँग जोडिएको पहल भएकाले नेपालले यसबाट लाभ लिन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “पछिल्लो समय राष्ट्रपति सीले चीनको नेतृत्व सम्हालेपछि उहाँले बेल्ट एण्ड रोडसम्बन्धी नयाँ सिल्क रोडको नयाँ अवधारणा अगाडि सार्नुभएको छ । पुरानो सिल्क रोडले जसरी एशिया र युरोपलाई जोडेको थियो, त्यसरी नै सारा विश्वलाई जोड्ने पहल चिनियाँ नेतृत्वले गरेको छ । यो अत्यन्तै सह्रानीय छ । यसमा नेपालको सहभागिताबाट अरु कुनै देश आत्तिनु पर्ने स्थिति छैन ।”
चीनका राष्ट्रपतिका तहबाट २३ वर्षपछि भएको त्यो ऐतिहासिक र दूरगामी महत्वको भ्रमणका अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशबीच गत वर्ष असोज २६ गते २० बुँदे सम्झौता भएको थियो ।
कार्यक्रममा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले सन् १९५५ मा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएयताका विभिन्न महत्वपूर्ण आयाममध्ये गत वर्षको राष्ट्रपति सीको भ्रमण थप बहुआयामिक भएको र यसले नेपालको अन्तरराष्ट्रिय हैसियत बढाएको जनाउनुभयो ।
नेपालले पर्यटन, कृषि र प्रविधि तथा पूर्वाधार विकासका क्षेत्रमा लाभ लिन सक्नुपर्ने जनाउँदै उहाँले अन्य बहुराष्ट्रिय दातृ निकायको स्वार्थको तुलनामा चीनका साझेदारी परियोजनामा परामर्शदाता उतैबाट ल्याउने र उतै केही रकम फिर्ता लाने ढाँचा नहुने भएकाले पनि चीनसँगको साझेदारी नेपाललाई उपयोगी हुन सक्ने औँल्याउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस