झापा- रुद्रगौरी श्रीअम्बिका ओली प्रतिष्ठानले वरिष्ठ साहित्यकार चूडामणि रेग्मी (चुमरे)लाई रु एक लाख एक हजार १११ राशिको अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ प्रदान गर्ने भएको छ ।
नेपाली साहित्य क्षेत्रको काव्य, निबन्ध, कथा, समालोचना, हास्यव्यङ्ग्य, भाषा व्याकरणमा सामानरुपले कमल चलाउने झापा भद्रपुर निवासी चुमरेले झर्रोवादी नेपाली भाषामा पु¥याएको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गरिने भएको हो ।
प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिनुभएको छ ।
रेग्मीले विसं २०१२ मा पहिलो यात्रा नामक कथा सङ्ग्रहबाट आफ्नो साहित्यिक यात्राको थालनी गर्नुभएको थियो । उहाँका अन्य चार कथा, आठ निबन्ध, दुई हास्यव्यङ्ग्य, सात समालोचना र तीन वटा भाषा ब्याकरण कृति प्रकाशित छन् । यसबाहेक दर्जनौँ साहित्यिक पत्रिकाको पनि उहाँले सम्पादन गर्नुभएको छ ।
प्रतिष्ठानले यसअघि नै विज्ञप्ति जारी गरेर गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट दोलखाकी महिला अधिकारकर्मी सिर्जना कार्की र रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट गोरखा जिल्लाका गाईपालक कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने जानकारी दिइसकेको छ । दुवै पुरस्कारका राशि रु एक लाख एक हजार १११ रहेको छ ।
समाजमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट व्यक्ति, सङ्घ तथा संस्थाको प्रतिभा र कार्यको संरक्षण, प्रवद्र्धन एवं प्रोत्साहन गर्ने उद्देश्यले दाता स्व श्रीप्रसाद ओलीले रु एक करोडको विसं २०६७ मा कोष स्थापना गर्नुभएको थियो । कोभिड–१९ को महामारीका कारण तीनवटै पुरस्कार सहज अवस्था आएपछि मात्र वितरण गरिने अध्यक्ष ओलीले बताउनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस