काठमाडौं-गत चैत १७ गते आएको विनाशकारी हुरीबाट बारा,पर्साको बिभिन्न गाउमा धनजनको बिनाश भयो । यसको लगतै सरकारले बाराका हुरी पीडितको लागि घर निर्माण गर्न नेपाली सेनालाई जिम्मा दियो । पुनर्निर्माणको जिम्मा पाएको सेनाका टोली हुरी पीडित परिवार र निर्माण कार्य गर्न १२ गाउमा खटेर काम गरिरहेको छ ।
विनाशकारी हुरीबाट क्षति भएको घरहरुको बैशाख २१ गते पुनर्निर्माण गर्न शिलान्यास गरिएको थियो। निर्माण गरिने घरहरु बातावरण मैत्री हुनुपर्ने माग आएपछि त्यसै अनुसार नै नमूना घरमा निर्माण सामग्री प्रयोग गरिएको छ | अत्यधिक गर्मी हुने भएकोले गर्दा घरको छानामा कोरियन कम्पनी एसवाई प्यानलले उत्पादन गरेको कम गर्मी हुने आधुनिक जस्ता प्रयोग गरिएको छ |
त्यस्तै घरको झयाल, ढोका पनि एसवाई प्यानलकै उत्पादन प्रयोग गरिएको छ | यहा प्रयोग गरिएको छाना र ढोका आगो प्रतिरोधी हुन् | कोठा लगायतका अन्य सामग्रीहरु वातावरण मैत्री रहेकाले निर्माण हुने घरमा चिसो, गर्मी र बर्षायाम गरी तीनै सिजनमा बस्न सजिलो हुने भएको छ |
प्रभावित क्षेत्र मध्ये फुलवारिया, चैनपुर र पुरैनियामा गरी तीन स्थानमा नमूना घर निर्माण गरिए पनि पहिलो चरणमा निर्माण गरिने घरहरुको कार्य तीब्र गतिमा अगाडि बढाइएको छ |
पहिलो चरणमा जेठ अन्तिम साता सम्ममा चार सय ८२ वटा घरमध्ये चार सय १० वटाको जग खन्ने कार्य गरिएको, जग खनिएकामध्ये एक सय ७८ घरहरुको तीन फिटसम्म इटाले पर्खाल जडान गरिएको र ७७ वटा घरहरुको जगभन्दा माथि पर्खाल लगाएर त्यसमा फलामको पिलर दिइएको छ |
सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माण कार्यमा मूल्य अभिबृद्धि करसहित पाँच लाख ४५ हजार खर्च हुने बताइएको छ।
क्षति भएको घरमध्ये सेनाले १३ सय ६२ मात्रै निर्माण गर्ने र ११ सय ३१ घरहरु त्यसै रहने अवस्था रहेको छ।
हुरीबाट पूर्णरुपले क्षति भएको १३ सय ६२ घरहरु पहिलो प्राथमिकतामा राखेर मात्रै निर्माण कार्य अगाडि बढाइएको सेनाले जनाएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस