काठमाडौं-जनकपुर क्षेत्रमा अतिक्रमण हटाउन राजनीतिक दलहरूकै अवरोध रहेको पाइएको छ । यो समाचार राजधानी दैनिकले छापेको छ |
बृहत्तर जनकपुर क्षेत्रमा रहेको मन्दिर तथा पोखरीका जग्गा विभिन्न मन्दिरका महन्थ, मठाधीश तथा पुजारीले संरक्षणको जिम्मेवारी वहन गर्दै आएकोमा यसमा राजनीतिक दलको असहयोग रहेको पाइएको छ ।
जसकारण हालसम्म पनि अतिक्रमणको क्रम रोकिन सकेको छैन । गुठी संस्थान एक्लैकोे प्रयासबाट मात्रै अतिक्रमण रोक्न सम्भव नभएको संस्थानले जनाएको छ ।
सस्थानका उप–प्रशासक तथा प्रवक्ता सरोज थपलियाका अनुसार यसका लागि सबै क्षेत्रको उच्च स्तरको सहयोग र समन्वय आवश्यक छ । जग्गा अतिक्रमण हटाउन र त्यसको संरक्षण गर्न सरकारले पनि सर्वपक्षीय बैठक गर्ने निर्णय गरेको थियो ।
यस कार्यमा कुनै पनि राजनीतिक दलले असहयोग गरेमा ती दलको नाम सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले कडा निर्देशन दिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस