जनकपुर-आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको थियाे ।
त्यसक्रममा प्रहरीले अस्थायी शिक्षकहरुमाथि लाठी चार्जका साथै धडपकड गर्याे । प्रहरीले शशिकला भट्टराई, जुरनी मण्डल, रेखा कापड, किरण यादव, मुकेश तिवारी, आनन्द चौरसिया, सलिम अन्सारीलगायतका शिक्षक शिक्षिकालाई पक्राउ गरेको छ ।
अस्थायी शिक्षक आन्दोलन परिचालन समितिका संयोजक धमेन्द्रकुमार यादवले मुख्यमन्त्री लालाबाबु राउतको निर्देशनमा आफूहरुमाथि लाठीचार्ज र धरपकड भएको आरोप लगाए ।
अस्थायी शिक्षकहरुलाई पूर्ववत् रुपमा उमेरको हदसम्म पेसाको ग्यारेन्टी र औषधि उपचारको व्यवस्थाको माग गर्दै उनीहरु गएको असार १९ गतेदेखि विभिन्न मागसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि धर्ना बस्दै आएका छन् ।
माग पूरा नभएपछि सडक जाम गर्न उत्रेका शिक्षकमाथि प्रहरीले लाठीचार्ज गरेको हो । मुख्यमन्त्री राउतले नै धर्नास्थलमा आएर समस्या समाधान गर्ने आश्वासन दिएकाे तर पछि मुख्यमन्त्रीकै निर्देशनमा आफूहरुमाथि प्रहरीले लाठीचार्ज गरेको आन्दोलनरत शिक्षकहरुको आरोप छ ।
जीवनको महत्वपूर्ण समय देशको शिक्षा क्षेत्रमा बिताएको र बुढेसकालमा सरकारले आफूहरुको रोजगारी खोसेको उनीहरुले गुनासाे छ ।
संघीय सरकारको गलत नीतिका कारण प्रदेश २ का झण्डै १ हजार २ सय शिक्षकको रोजगारी खोसिएको समितिका संयोजक धमेन्द्र कुमार यादवले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस