जनकपुर-विकासका क्षेत्रमा खासै प्रगति गर्न नसकेका प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरु सेवासुविधामा भने निकै अगाडि देखिएका छन् । आर्थिक वर्ष २०७५-०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत लाखौं रकम बुझेका छन् । मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले आर्थिक वर्ष २०७५-०७६ मा २२ लाख ९७ हजार २० रुपैयाँ लिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एकवर्षमा दैनिक भ्रमण भत्तावापत मात्र ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेका छन् । तर, कुनै जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहने एक राज्यमन्त्रीले मुख्यमन्त्रीभन्दा पनि बढी दैनिक भत्ता लिएकाे तथ्यांकमा देखिन्छ ।आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी हुन् ।
मुख्यमन्त्री भन्दा राज्यमन्त्री यादवले ११ हजार ४ सय ४३ रुपैयाँ बढी दैनिक भ्रमणभत्ता लिएको तथ्यांकमा उल्लेख छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको नजिक मानिने उषालाई राज्यमन्त्री बनाउँदा निकै आलोचना भएको थियो । उनले मन्त्रालय आउने जानेबाहेक केही काम नगरेको आरोप मन्त्रालयका कर्मचारीहरु लगाउने गर्छन् तर भत्ता बुझ्नेमा उनले रेकर्ड कामम गरिकी छन् ।
यस्तै सबैभन्दा कम दैनिक भ्रमण भत्ता उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले लिएका छन् । ५५ हजार मात्रै उनले दैनिक भ्रमण भत्ता लिएका छन् । अनावश्यक बजेट बनाउने आफ्नो संस्कार नरहेको मन्त्री रायले बताए ।
दैनिक भ्रमण भत्तावापत प्रतिदिन मुख्यमन्त्रीले तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुई हजार पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधा सम्बन्धी कानुनमा व्यवस्था छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस